• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ २४, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेकपा बैठक चर्काचर्की भएपछि स्थगित, ओलीले भने– आत्मालोचना गर्दिनँ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ९, सोमबार (७ साल अघि)
    maxresdefault

    Advertisement

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावलबीच चर्काचर्की भएपछि बैठक नै स्थगित भएको छ ।

    आइतबार स्थायी कमिटी बैठकमा रावलले हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा पार्टी र सरकार नेतृत्वले सहभागी भएर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।

    नेकपा स्रोतका अनुसार रावललाई बैठकमा स्थायी कमिटीका सदस्य घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अग्निप्रसाद सापकोटालगायतका नेताले साथ दिँदै नेतृत्वले आत्मालोचना गर्नेपर्ने अडान लिए ।

    तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गल्ती नभएको भन्दै आत्मालोचना गर्दिनँ भन्दै कडा जवाफ दिएपछि बैठकमा झन्झन् चर्काचर्की बढेको हो । बैठकमा सहभागी एक नेताका अनुसार रावलसहितका नेताले जसरी भए पनि नेतृत्वले आत्मालोचना गर्नैपर्ने अडान राखे भने ओलीले नगर्ने अडान राखिरहेकाले बाझाबाझ नै भयो ।

    ‘तपाईंले जे जस्तो भने पनि यसलाई आत्मसात गरौं, सम्मेलनमा सहभागी भएर पार्टी र सरकार नेतृत्वले गल्ती गरेकै हो,’ बैठकमा सहभागी एक नेताले रावलको भनाइ उद्धृत गर्दै भने, ‘आत्मालोचना नगरेसम्म हामी छोड्दैनौं, गल्तीलाई गल्ती भयो भनेर हामीले किन स्वीकार नगर्ने ?’

    रावलले यसो भनिरहँदा बैठकमा बाझाबाझ नै भयो । रावललाई साथ दिँदै भुसाल, भट्टराई, पन्त, सापकोटालगायतका नेताले जसरी पनि आत्मालोचना गर्नैपर्ने अडान राखेका थिए । उनीहरूले एकै स्वरमा आत्मालोचनाको कुरा गरिराखेका थिए ।

    प्रधानमन्त्री ओलीले आफूबाट कुनै गल्ती नभएको भन्दै आत्मालोचना नगर्ने अडान राखेका छन् ।
    ‘पार्टी र सरकार प्रमुखको हैसियतले एसिया प्यासिफिक सम्मेलनमा सहभागी भएर मैले कुनै गल्ती गरेको छैन,’ ओलीले बैठकमा भने, ‘गल्ती नै गरेको कामका कारण आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ ।’

    सम्मेलनमा आफू सहभागी भएर उद्घाटन मात्रै गरेको बताउँदै उनले अरू विषय त वरिष्ठ नेता माधवकुमार नेपालले मिलाएको उनले बताए ।

    ओली र रावलसहितका नेताबीच बाझाबाझ भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालले साम्य पार्ने काम बैठकमा गरेका छन् ।

    विशेष समय लिएर बोलेका नेता नेपालले दुवै पक्षको भावना समेट्दै आगामी दिनमा सच्याउने बताए । सम्मेलनकै विषयलाई लिएर जुँध्ने काम नगर्न आग्रह गर्दै उनले सबैको भावना एवं सुझावलाई पार्टीले आत्मसात गर्ने बताए ।

    अध्यक्ष दाहालले सम्मेलनको विषयलाई ठूलो ‘इस्यु’ नबनाउन आग्रह गर्दै राजनीतिक प्रतिवेदनमा समेट्ने बताए ।
    बैठक आइतबारै पुनः साझ ४ बजे बस्ने सहमतिसहित स्थगित भएको थियो । तर, ४ बजे बोलाइएको बैठकमा अध्यक्ष ओली ५ बजेसम्म नपुगेपछि बैठक स्थगित भयो । बैठक आगामी ११ पुसमा बस्ने सहमति भएको छ ।

    बैठकमा परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटीका सदस्य प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनबारे धारणा राखेका छन् । पार्टी र सरकार नेतृत्वको बचाऊ गर्दै उनले विदेश सम्बन्धदेखि सरकारका राम्रा कामको खुलेर प्रशंसा गरे ।

    भ्रष्ट र विवादित छविका झाको नियुक्ति खारेज गर्न ४४ केन्द्रीय सदस्यले पार्टीमा निवेदन दर्ता गराए

    भ्रष्ट एवं विवादित छविका दिगम्बर झालाई सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको प्रमुखमा नियुक्त गरेपछि नेकपा ४४ केन्द्रीय सदस्यले उनको नियुक्ति खारेज गर्न माग गरेका छन् ।

    नेकपा ४४ केन्द्रीय सदस्यले आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै उनको नियुक्ति खारेज गर्न माग गरेका छन् ।

    झाको नियुक्ति खारेजसहित उनीहरूले विवादित छवि भएकाहरूको राजनीतिक नियुक्ति एवं मानपदवी तत्काल खारेज माग गरेका छन् ।

    ‘दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छविका मानिसले राजनीतिक नियुक्ति पाउन सफल भए । यसैगरी, सरकारको सिफारिसमा भ्रष्ट र विवादित छवि भएका मानिस राष्ट्रपतिबाट विभूषित भए,’ उनीहरूले दर्ता गरेको निवेदनमा उल्लेख गरिएको छ ।

    झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकालाई यथाशीघ्र पदबाट बर्खास्त गर्न पार्टीका तर्पmबाट सरकारलाई आवश्यक निर्देशन दिनसमेत उनीहरूले आफ्नो माग पत्रमा उल्लेख गरेका छन् ।

    सरकारले ‘भ्रष्टाचारबारे शून्य सहनशीलता’को नीति सुरुमै घोषणा गरेको हो । यसैगरी, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेको कुरा पनि आम जनमानसमा सञ्चारित हुँदाहुँदै सरकारको भ्रष्टाचारविरोधी वचनबद्धताले तमाम कार्यकर्ता र नेपाली न्यायप्रेमी जनसमुदायमा आशा र भरोसा सञ्चार गरेको उनले बताए ।

    यी र यस्ता कतिपय घटनाक्रम तथा कामकारबाहीले कम्युनिस्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भीर धक्का दिने हुँदा यस्ता नियुक्ति एवं पदवी खारेज गर्न उनीहरूले जोडदार माग गरेका छन् ।

    केन्द्र्रीय सदस्यहरू रामचन्द्र झा, विजय गुरुङ, यदुवंश झा, शत्रुघ्न महतो, निरज आचार्य, धर्मराज निरौला, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, सरला यादव, सीता गिरी ओली, रामकुमार ज्ञवाली, रविन कोइराला, पीएल श्रेष्ठ, रवीन्द्र बैठा, दिलु पन्त, सुधीर शाह, योगनारायण यादव, मोहम्मद महफुज अन्सारी, विरोध खतिवडा, जयन्ती राई, मेटमणि चौधरी र गणेश पहाडीले यस्तो माग गरेका छन् ।

    यसैगरी, चूडामणि जंगली, सुरेन्द्र मानन्धर, श्रीप्रसाद शाह, शेरबहादुर तामाङ, तैयब हुसेन, पशुपति चौलागाईं, तुलबहादुर गुरुङ, घनेन्द्र बस्नेत, कृष्ण खनाल, महेश्वर पाठक, गोविन्दविक्रम शाह, श्रीमाया थकाली, डा. वंशीधर मिश्र, कृष्ण केसी, ठाकुर गैरे, माधव अर्याल, भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, डा. विजयकुमार पौडेललगायतका नेताले पार्टी कार्यालयमा निवेदन दर्ता गर्दै माग पूरा गर्न आग्रह गरेका छन् ।

     

    http://rajdhanidaily.comमा समाचार छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • Thumbnail

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution