• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    डेढ वर्षको छोरा बचाएर हिटरमा जले इन्जिनियर दम्पत्ति

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १६, सोमबार (७ साल अघि)
    puskar

    Advertisement

    काठमाडौं । जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो ।

    जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ५ गते हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते भएका थिए । उनीहरुका डेढ वर्षको छोरा अस्पतालमा अवस्थामा उपचाररत छन् ।

    दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन सकेको छैन । तर, घटनास्थलको प्रकृति हेर्दा हिटरको ग्यास लिक भएर आगलागी भएको देखिएको छ । ग्यास र विजुली दुवैबाट चल्ने उक्त हिटर उनीहरुले सोही दिन बनाएर ल्याएको पनि बुझिएको छ ।

    ‘कोठाको ढोकामा चुकुल लगाएर, ढोकानेर हिटर बालेर उनीहरु ममः खान थालेको बेला हिटरबाट ग्यास लिक भएको हुन सक्छ,’ जोशी दम्पत्तिसँग निकट इन्जिनियर दिनेश भट्टले अनलाइनखबरसँग भने ।

    आगो कोठा बाहिर भने फैलिन पाएन । कोठाभित्र पनि ओछ्यान सद्दे देखिएको छ । हिटर ढोकैमा भएकाले उनीहरु चुकुल खोलेर बाहिर निस्कन सकेनन् । झ्यालको शिशा पनि फुटाइएको छ । तर, झ्यालमा गि्रल भएकाले त्यहाँबाट निस्किन सम्भव थिएन ।

    उनीहरुले चिच्याएर गुहार नमागेका पनि होइनन् । छरछिमेकीले नसुनेका पनि होइनन् । तर, कोही घटनास्थलमा आएनन् ।

    ‘उनीहरुले गुहार गुहार भनेर कराउँदा छिमेकका मान्छेहरु ढोका थुनेर बसेछन्,’ उनले भने । निकै बेरपछि सो घरका घरपट्टलिे प्रहरीलाई फोन गरेर बोलाएका थिए ।

    प्रहरी आएर ढोका खोल्दा तीनै जना बेहोस अवस्थामा थिए । अप्सराले बच्चालाई कभर गरेकी थिइन् भने पुष्करले अप्सरालाई कभर गरेका थिए । त्यसैले सबैभन्दा बढी पुष्कर जलेका थिए । उनको हात सबैभन्दा बेसी जलेको थियो ।

    ‘पुष्करले दुवै हातले आगोको लप्का छेकेर श्रीमती र छोरालाई बचाउन खोजेको देखिन्छ,’ भट्टले भने ।

    आमा र बाबुले कभर गरेकाले बच्चा भने धेरै जल्न पाएनन् । यद्यपि, उनी पनि बेहोस अवस्थामै थिए ।

    प्रहरी आएर तीनै जनालाई नजिकै रहेको सहिद मेमोरियल अस्पताल पुर्‍याए । तर, त्यहाँ उनीहरुको सही ढंगले उपचार भएन । चिकित्सकहरुका अनुसार आगोमा जलेका बिरामीलाई तत्काल स्लाइन दिनुपर्ने हुन्छ किनकी आगोले शरीरको सबै पानी सोसेको हुन्छ । तर, अस्पतालले दुई घन्टासम्म राख्दा स्लाइन दिएन र दुवै बिरामीको अवस्था जटिल भएपछि किर्तिपुर अस्पताल रिफर गरिदियो । जलेका बिरामीका लागि किर्तिपुर अस्पताल सबैभन्दा राम्रो मानिन्छ ।

    किर्तिपुरमा पुर्‍याउनासाथ पुष्कर र अप्सरालाई भेन्टिलेटरमा राखेर उपचार सुरु भयो । तर, उनीहरु होसमा आउन सकेनन् । पुष्करको दुवै हात काम नलाग्ने भएकाले काट्नुपर्ने चिकित्सकहरुले बताए । र, काटियो पनि । तर, पनि उनको ज्यान जोगिन सकेन ।

    उनीहरुलाई एयर एम्बुलेन्समा राखेर भारत लैजाने समेत तयारी भएको थियो । दुवैलाई एउटै एयर एम्बुलेन्समा लैजान नमिल्ने भएकाले केही इन्जिनियरहरु मिलेर २०-२० लाखमा दुई खेपगरी लैजाने भनेर कुरा गरिसकेका थिए । तर, डाक्टरहरुले अनुमति दिएनन् । एयर एम्बुलेन्समा चढाउनका लागि एयरपोर्टसम्म लैजान पनि सुरक्षित नदेखेर डाक्टरहरुले अनुमति नदिएको भट्ट बताउँछन् ।

    ‘हामी इन्जिनियरहरुको समूह मिलेर पैसाको जोगाड गर्दै थियौं, तर अस्पतालले अनुमति नदिएपछि त्यो योजना रद्द भयो,’ उनले भने ।

    अन्ततः ११ गते राति बिहिबार पुष्करको उपचारकै क्रममा निधन भयो । १२ गते उनको पोष्टमार्टम गरी अन्त्यष्टी भयो । पशुपति आर्यघाटमा उनका बाबुले छोराको शवमा दागवत्ती दिएको नमिठो दृष्य देखियो । पशुपतिमा अहिले पुष्करको किरिया भइरहेको छ ।

    यता अप्सराको अवस्थामा पनि सुधार आएन । उनी होशमा आउन नसकेपछि किड्नीमा असर पुगेको आशंकाले डाइलासिस गर्नुपर्ने डाक्टरहरुले बताए । तर किर्तिपुरमा डाइलासीस सुविधा नभएपछि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा लगियो । त्यहाँ पनि भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा आज बिहान उनको मृत्यु भएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

    उनीहरुको डेढ वर्षको छोरा यतिबेला भक्तपुर अस्पतालमा छन् । उनी खतरामुक्त रहेको चिकित्सकहरुले बचाएका छन् । घटनापछि अप्सरा र पुष्कर दुवैको परिवार काठमाडौं आएका छन् । अप्सरा तनहुँकी हुन् भने पुष्कर बैतडीका हुन् । उनीहरु ककंकीमा फ्लयाट भाडामा लिएर बस्थे । दुवै कार्यालय जानुपर्ने हुँदा बच्चाको रेखदेख गर्न अप्सराकी आमा पनि सँगै बस्थिन् । तर, घटना भएको दिन उनी अन्यत्रै भएको बुझिएको छ ।

    इन्जिनियर भट्ट भन्छन्, ‘दुवै औधि मिजासिला र इन्जिनियरको समूहमा लोकप्रिय थिए, हामीलाई साह्रै ठूलो चोट लागेको छ ।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution