कावासोती । पूर्बि नवलपरासीको देबचुलीमा महोत्सव हुने भएको छ । आउदो फागुन ९ गते देखि २० गते सम्म महोत्सव चल्ने देबचुली उद्योग बाण्ज्यि सँघका अध्यक्ष रेशमलाल सापकोटाले बताएका छन् । बिहिबार पत्रकार सम्मेलन गदै उद्योग व्यापार,कृषि र पर्यटनको समन्वय समृद्धि र समुन्नत नगरको उदय भन्ने मुल नाराका साथ दोस्रो देवचुली महोत्सव हुने जनाईएको हो ।
महोत्सवमा स्थानिय स्तरमा उत्पादन भएका कृषि जन्य वस्तु तथा स्थानिय उत्पादनलाई पहिलो प्राथमिकता दिएको देबचुली उद्योग बाण्ज्यि सँघका अध्यक्ष सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
यस अघि २०७३ साल फागुनमा पहिलो देवचुली महोत्सव आयोजना गरिएको थियो । मेला आयोजक देवचुली उद्योग बाण्ज्यि संघका अध्यक्ष सापकोटाका अनुसार महोत्सवमा २ सय व्यापारिक स्टल,बालमैत्री सामग्री, विज्ञान कला प्रदर्शनी , जातीय पहिचान झल्कने घर र सामाग्री पद्धशनमा रहने जनाइएको छ । ११ दिन सम्म चल्ने महोत्सवमा १ लाख पचास हजार भन्दा बढि दर्शकले आवलोकन गर्ने आयोजकले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१