• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ट्राफिक प्रहरी सुर्खेतले ६ महिनामा ५७ लाख राजस्व संकलन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २१, शनिबार (७ साल अघि)
    36200040_132181807676016_5318306819787980800_n

    Advertisement

    सुर्खेत ।  सुर्खेत जिल्लामा चालू आर्थिक वर्षको ६ महिनामा सवारी साधनमाथिको कारबाहीबाट मात्र ५७ लाख राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको पुस १८ गतेसम्म ५७ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको हो। उक्त अवधिमा ११ हजार ४ सय ८५ सवारी साधनमाथि कारबाही गरिएको छ।

    कार्यालयका अनुसार साउन महिनामा ८ लाख ५२ हजार ५ सय, भदौमा १० लाख ३७ हजार, असोजमा १० लाख ४२ हजार, कात्तिकमा १४ लाख ४८ हजार ५ सय, मंसिरमा १३ लाख ८१ हजार ५ सय र पुस महिनाको १८ गतेसम्म १० लाख २५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

    यस्तै, कारबाहीका क्रममा साउनमा १ हजार ४ सय ४१, भदौमा १ हजार ६ सय ९७, असोजमा १ हजार ८ सय १४, कात्तिकमा २ हजार २ सय ९०, मंसिरमा २ हजार ५ सय ७ र पुसको १८ गतेसम्म १ हजार ७ सय ३६ सवारी साधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।

    जिल्लामा ट्राफिक प्रहरीमा जनशक्ति थप भएपछि चेकजाँचमा कडाइ गरिएकोले बढ्दो क्रममा राजस्व संकलन भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले बताए। उनका अनुसार यसअघि जिल्लामा २३ जनाको दरबन्दी रहेकोमा १४ जना ट्राफिक प्रहरीका रूपमा काजमा आएका छन्।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत कर्णाली प्रदेशमा नै धेरै राजस्व संकलन गर्ने कार्यालयका रूपमा रहेको समेत उनले बताए।

    ‘सवारी चाप धेरै हुने क्षेत्र पनि यही पर्‍यो, सवारी चालकहरू अधिकांश कागजात बोक्ने कुरामा हेलचेक्रयाईंसँगै आफ्नो कमजोरी देखाउँछन्। त्यसकारण पनि राजस्व संकलन भैरहेको छ,’ कार्यालय प्रमुख बिसीले भने।

    २९ दुर्घटना, १९ जनाको मृत्यु

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको हालसम्म सुर्खेतमा २९ सवारी साधन दुर्घटनामा परेका छन्। दुर्घटनाबाट १९ जना मानिसको मृत्यु भएको छ भने १ सय १७ जना घाइते भएका छन्।

    कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा १, भदौमा ५, असोजमा ७, कात्तिकमा ४, मंसिरमा ११, पुसमा १ सवारी साधन दुर्घटनामा परेका छन्। यस्तै साउनमा १, भदौमा २, असोजमा ३, कात्तिकमा ५, मंसिरमा ८ जनाको मृत्यु भएको छ ।

    सवारी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयले गतिविधिहरू गरिरहेको प्रमुख बिसीले बताएका छन्।

    ‘सवारी दुर्घटना शून्यमा झार्न नसकि एपनि पहिलेका वर्षहरूको तुलनामा न्यूनीकरण गर्ने लक्ष्यमा हामी छौं,’ प्रहरी निरीक्षक बिसीले भने, ‘लक्ष्य अनुसार गतिविधि पनि गरिरहेका छौं।’

    कार्यालयका तर्फबाट चालू आर्थिक वर्षमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यालयले सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रमहरूबाट १२ हजार ३ सय २ जना लाभान्वित बनेका छन्।

    कार्यालयका तर्फबाट चालू आर्थिक वर्षको हालसम्म ३७ पटक विद्यालय, सवारी चालकहरूलाई प्रत्यक्ष राखेर १ सय ५१ पटक र यातायात व्यवसायी तथा काउण्टरका कर्मचारीहरूलाई राखेर १७ पटक सचेतनामूलक कार्यक्रम गरिएको बिसीले जानकारी दिए ।

    उनका अनुसार ४ हजार ९ सय ५६ जना विद्यार्थी, ७ हजार १ सय ८१ जना सवारी चालक र १ सय ६५ जना सम्बन्धित क्षेत्रका कर्मचारीहरू सचेतनामूलक कार्यक्रमबाट लाभान्वित बनेका छन्।

    ट्राफिकमा जनशक्ति अभाव

    जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति अभाव रहेको छ। जिल्लामा सहज रूपमा काम गर्न कम्तीमा पनि ५० जना ट्राफिक प्रहरी आवश्यक पर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख बिसीले बताए। बिसीका अनुसार हाल सुर्खेतमा दरबन्दी र करारमा गरी ३७ जना मात्र कार्यरत छन्।

    हाल सुर्खेतमा उपत्यकाभन्दा बाहिर ८ वटा मात्र ट्राफिक प्रहरी पोष्ट स्थापना भएका छन्। प्रमुख बिसीका अनुसार अझ कम्तीमा ५ ठाउँमा पोष्ट स्थापना गर्नुपर्ने देखिएको छ। उनका अनुसार जिल्लाका पूर्वी क्षेत्रमा पर्ने राकम, बबई, पश्चिम क्षेत्रमा पर्ने अवलचिङ, जामु, गुराँसेमा ट्राफिक प्रहरी पोष्ट स्थापना गर्नु आवश्यक छ।

    हाल सुर्खेत–बर्दिया सीमानामा पर्ने बबैमा बर्दियाको ट्राफिकले हेर्ने गरेको छ भने दैलेख र सुर्खेतको सीमानामा पर्ने गुराँसेमा दैलेखको ट्राफिकले हेर्ने गरेको छ। जिल्ला बाहिरको ट्राफिकले आवश्यकता अनुसार मात्र काम गर्ने भएकाले नियमित रूपमा काम गर्नका लागि जिल्लाभित्रैको ट्राफिक सीमानामा राख्नुपर्ने बिसीले बताए।

    सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी हुनुका साथै प्रदेशमा प्रवेश गर्न मुख्यद्वारका रूपमा रहेको हुँदा पनि सवारी चेकजाँचमा कडाइ गर्नुपर्ने उनको भनाइ छ।

    ट्राफिकलाई काम चलाउ गाडी

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहेको गाडी नचल्ने अवस्थामा पुगेपछि कार्यालयले बनाउन दियो। तर, उक्त गाडी बनाउन कम्तीमा ७ लाख रुपैयाँ लाग्ने भयो। रकम नभएपछि उक्त गाडी नबनाएर थन्काइयो ।

    प्रदेश सरकार गठन भएपछि कार्यालयले मुख्यमन्त्रीको कार्यालयमा गाडी सहयोग गरिदिन आग्रह गर्‍यो। मुख्यमन्त्रीको कार्यालयले विभिन्न दुई जिल्लाका निर्वाचन कार्यालयबाट ल्याएका दुइटा गाडीहरूमध्ये एउटा उपलब्ध गरायो। तर, कयौं व्यक्ति तथा निकायको सहयोग मागेर मर्मत गरी कार्यालयले उक्त गाडी प्रयोगमा ल्यायो। तर त्यो पनि कामचलाउ।

    setopati.com बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution