प्रहरी भन्छ– तस्करले गोली चलाएपछि जवाफी कारबाही गर्नुपर्यो
बुटवल। रुपन्देहीको शंकरपुरमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । प्रहरीले मारिनेमा तस्कर समूहको एक सदस्य रहेको दाबी गरेको छ ।
रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो । गोली लागेर एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।
त्यसपछि जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको प्रहरीको भनाइ छ । मारिनेमा करीब ३०/३५ वर्ष उमेरका पुरुष छन् । मृतकको परिचय खुलेको छैन ।
प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।
घटना राति करिब १२ बजे तिरको हो । भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली चलाएको प्रहरी उपरीक्षक थापाकाे भनाइ छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१