
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३, पुरानो कावासोतीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७९२८ नम्बरको बसले बाटो क्रस गर्न लागेको ना ४९ प २२०७ मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक रौतहट गोमरियाका ३५ वर्षीय डमेन्द्र यादवको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र बस चालकलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्तापूर्वले नियन्त्रणमा लिएको छ ।
onlinekhabar.com बाट
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१