झाँपा । झाँपामा दुईजना महिलामाथि खुकुरी प्रहार गर्ने व्यक्तीले सोही खुकुरीले आफ्नो घाटी रेटेर आत्महत्या गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका १० का ४४ बर्षीय सडानन्द पौडेलले स्थानीय २४ वर्षिय जमुना ओझा र २१ वर्षिय बिना भारतीलाई शनिवार विहान खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
खुकुरी प्रहार गरेपछि पौडेलले केही पर गएर सोही खुकुरीले आफुले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जानकारी दिएको छ । घाइते भएकी दुवै महिलाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । खुकुरी प्रहार गर्नुको कारण भने नखुलेको र घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१