आदर्श सुशिल
दलदले । देबचुलि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले नगरपालिकाको क्षमता निकै कम रहेको तर नगरबासीको अपेक्षा ठुलो रहेको बताएका छन् । दिगो विकास ,लक्ष्य र किशोरी अधिकार सम्बन्धि शुक्रबार दलदलेमा सम्पन्न भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नगरपालिकाको बिकासमा नगरबासीले ठुलो अपेक्षा देखाउदा पनि नगरपालिकामा आर्थिक क्षमता सानो रहेको बताएका हुन् । जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानालनको संयुक्त आयोजनामा सो छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल तथा प्रमुख आथित्यता देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको रहेको थियो । कार्यक्रममा देवचुली नगरपालिकाको दिगो बिकास र बालबालिकाको अधिकारका लागी नगरका जनप्रतिनिधि तथा कर्मचारीसँग छलफल गरिएको थियो । सो छलफलमा नुर जंग शाहले नगरपालिकाको बिभिन्न डाटाहरु प्रस्तुत गर्दै प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नगरपालिकाको दिगो विकासका लागी सबैले आ आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्नुपर्ने बताए । यसै गरि कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष पौडेलले आफुहरुले आगामी नगरसभाका लागी दिगो विकास र बालबालिकाको क्षेत्रमा बजेट बिनियिजनका लागी सहयोग आवश्यक भएको खण्डमा हरदम तयार रहेको बताए । कार्यक्रममा देवचुली नगरपालिकाको सहकार्य रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१