• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ जेष्ठ ३२, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

२

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

३

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

४

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

५

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

६

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

७

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

८

ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

९

विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

१०

बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध

११

एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

१२

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    संस्कृति संरक्षणमा सक्रीय बन्दै नवलपुरका थारु युवा 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १५, मंगलबार (६ साल अघि)
    50881556_621787711609917_3873833743898640384_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती ।नवलपुरमा संचालनमा आएका होम स्टेले यहाको पर्यापर्यटन र आर्थिक विकासमा त टेवा पुगेकै छ । साथसाथै कला संस्कृतिको संरक्षण र सम्बद्र्धन समेत भएको छ ।
    होम स्टेमा प्रस्तुत हुने थारु , बोटे , माझी मुसहर समुदायको परम्परागत कला संस्कृति यहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बिन्दु समेत बनेको छ । भने लोप हुने अवस्थामा पुगेको कला संस्कृतिको संरक्षणमा टेवा पुगेको छ । नवलपुरको कावासोती नगरपालिका १५ मा रहेको अमलटारी होम स्टे र देवचुली नगरपालिकामा रहेको पिप्रहर होम स्टेमा आबद्ध रहेका युवा युवतीहरु मिलेर आफ्नो कला संस्कृति संरक्षण संगै आय आर्जन समेत गर्दै आएका छन । कावासोतीको होम स्टे विगत छ वर्षबाट संचालनमा रहेको छ भने देवचुलीको विगत तीन वर्षबाट संचालनमा छ । थारु , बोटे माझी मुसहर समुदायले होम स्टे संचालन गरेका छन ।
    होम स्टेमा आबद्ध रहेका युवा युवतीको समुहले सांस्कृतिक समूह ( कल्चर ग्रुप) स्थापना गरेर होम स्टेमा आउने पाहुनाहरुका लागि आफ्नो परम्परागत नृत्य ( लाठि नाच ) प्रस्तुत गर्ने गर्छन । जसमा पर्यटक रमाउछन ।  पिप्रहर होम स्टेमा सास्कृतिक कार्यक्रम प्रस्तुत गर्ने पिप्रहर थारु स्टिक डान्स ग्रुप छ । जसमा २० जनाको समुह छ । १० जना महिला अनि १० जना पुरुष छन । होम स्टेमा समुहमा आउने पाहुनाहरुका लागि रातिको खाना खाई सकेपपछि लाठि नाच ( स्टिक डान्स ) प्रस्तुत गरिन्छ । दुई देखि तीन घण्टासम्म सांस्कृतिक कार्यक्रम हुन्छ । झर्रा नाच , मेडरी नाच , ठेकरी नाच , घैला नाच , होर्भेस्टिङ्ग , झाम्टा नाच , डाफु , झुम्रा नाच , प्रस्तुत गरिन्छ । बाजाको तालमा लाठि नचाएर नाचिने भएकाले यसलाई लाठि नाच भनिएको सास्कृतिक कार्यक्रम संयोजक चिरञ्जिवी चौधरीले बताए । पछिल्लो समय लाठि नाच ( स्टिक डान्स ) भनेर प्रचलित बनेको छ । चौधरीका अनुसार पहिले पुरुषले मात्र गाउने नाच्ने लाठि नाच अहिले महिला र पुरुष दुवै मिलेर नाच्न थालिएको छ ।
    लाठि नाच पनि बिभिन्न प्रकारक छन । झर्रा, ठेकरा,मेडरी जस्ता नाचमा लाठि नचाउने गरिन्छ । झर्रा नाचमा ठुला लाठिको प्रयोग हुन्छ र बल पूर्वक जुधाउने गरिन्छ । ठेकरामा सानो बासको लाठि जुधाएर नचाउने गरिन्छ । लाठिको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउदा आवाज निस्कने गर्दछ । मादल वा ढोलकको तालमा लाठिलाई जुधाउने गरिन्छ ।
    लाठिकै प्रयोग हुने थारु समुदायको अर्को नाच हो मेडरी नाच । मेडरीको अर्थ गोल घेरा हो । चौधरीका अनुसार मेडरीमा गोलो घेरा लगाई ठूला–ठूला ढोलक बजाउने गरिन्छ । ढोलकको तालमा लाठि घुमाउने गरिन्छ । यस नाचमा लाठि नजुधाई एक्लैले घुमाउने गरिन्छ । थारु समुदायको मुख्य पहिचान नै लाठि भएकाले लाठि नाच लोकप्रिय बन्दै गएको चौधरी बताउछन । होम स्टे स्थापना कै कारण लोप हुने अवस्थामा रहेको कला संस्कृतिको संरक्षण भएको चौधरीले बताए । ‘ अहिलेको युवा पुस्तालाई पुराना संस्कृतिप्रति त्यति चासो थिएन । आधुनिकतामा मै रमाउन मन पराउथे तर होम स्टे स्थापनाले परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने भावना जागेको छ ।’ चौधरीले भने । उनले थपे – ‘आफ्नो समुदायको कला संस्कृतिप्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण देखेर युवा पुस्तामा हौसला मिल्यो त्यसमाथी आयश्रोत समेत हुने भएपछि युवायुवतीहरु उत्साहित समेत बने । जसले गर्दा संस्कृतिकोे संरक्षण संगै आम्दानी समेत भएको छ । ’
    नृत्यबाट प्रभावित भएर पाहुनाहरुले आफ्नो गक्ष अनुसार रकम समेत प्रदान गर्छन । भने जिल्ला भित्र र बाहिरका होटेल तथा रिसोर्टहरुमा समेत नृत्यका लागि बोलाउने गरेको चौधरीले बताए । यस्तै विभिन्न मेला महोत्सव , कार्यक्रममा समेत सास्कृतिक कार्यक्रम प्रस्तुत गरेर आम्दानी हुदै आएको चौधरीले बताए । यता कावासोती १५ मा रहेको अमलटारी होम स्टेमा पनि कल्चर डान्स ग्रुप छ । ग्रुपमा २०÷२२ जना युवायुवतीहरु नै आबद्ध छन । उनीहरुले पनि पाहुनाहरुका लागि सास्कृतिक कार्यक्रम प्रस्तुत गर्छन । होम स्टेका अध्यक्ष तथा कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले सास्कृतिक कार्यक्रमको संयोजकको भुमिका निर्वाह गर्दै आएका छन । यहा पनि थारु समुदायको प्रचलित लाठि नाच , माझी मुसहर समुदायको झुमरा नाच प्रस्तुत हुन्छ । यस समुदायले जितीया , माघी , फागु पर्वमा नाच्ने गाउने परम्परागत नृत्यहरु प्रस्तुत गरिन्छ । पाहुनाहरुलाई मर्दनिया आफैले कला संस्कृति र नृत्यका बारेमा जानकारी समेत दिन्छन । मनोरञ्जन मात्रै नभई प्रतेक नृत्य र गीतमा कुनै न कुनै सन्देश हुने गरेको मर्दनियाले बताए ।
    अमलटारी होम स्टेमा लाठि नाच प्रस्तुत गर्दै आएका कलाकार छन्नुराम महतो भन्छन ‘ होम स्टेमा आउने हरेकले लाठि नाच हेर्न रुचाउछन । लठिनाच अवलोकनकै लागि होम स्टेमा पर्यटक आउछन ।’ लाठि नाच ( स्टिक डान्स) ले आम्दानी संगै समुदायको सांस्कृतिक पहिचान स्थापित गराउन समेत सफल भएको उनको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • २

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ३

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • ४

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • ५

    आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

  • ६

    भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

  • ७

    नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

  • ८

    ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

  • ९

    विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

  • १०

    बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution