कावासोती । नवलपरासी पूर्बको देबचुलीमा बिनोद चौधरीले सञ्चालन गरेको शाश्वत धाम माछा पोखरी बनेको छ । उद्योग पति एवं नेपाली काग्रेसबाट प्रतिनिधि सभा सदस्य बनेका बिनोद चौधरीको शाश्वत धाम माछा पोखरी बनेको सोही ठाँउमा काम गर्ने कर्मचारीहरुले बताएका छन् । बिनोद चौधरीले शाश्वतधाम सनातन धर्म संस्कृतिको केन्द्र बनेको भनि प्रचार गरीरहेका बेला सोही धामको मुख्य मन्दिर अवरपर रहेको पोखरीमा माछा पालन गरी बेचेको खुलेको हो । केही दिन अगाडी ब्यवसायीक माछा पालन गरे जसरी नै शाश्वत धाम अवरपरको पोखरीबाट करिब १ सय ५० किलो माछा निकाली करिब २५ हजार बराबरमा नगदमा बेचेको एक कर्मचारीले बताएका छन् । केही माछा सोही सिजि उद्योगमा काम गर्ने कर्मचारीले लएको र करिब १ सय ५० किलो माछा बेचेको सो कर्मचारीले बताएका छन् ।
यसरी माछाको भुरा राख्ने अनी बेच्ने गर्दा शाश्वत धाम धर्म संस्कृतिको केन्द्र भन्दा पनि अहिले माछा पोखरी जस्तो भएको देखिएको छ । यस बिषयमा बुझन खोज्दा सिजी पार्कका कर्मचारीको फोन नै उठाएनन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१