कावासोती । पूर्बि नवलपरासी नवलपुरको एक जना महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुको घिरिङ गाउपालिका ४ का वडा अध्यक्ष झकबहादुर कुमालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
जिल्ला अदालत नवलपुरले सोमवार कुमाललाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली दुई स्थित जंगलमा ती महिलालाई जर्ववस्ती करणी गरेको आरोपमा बैशाख ३० गते युवतीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिएकी थिइन् ।
घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई जिल्ला कारागार चितवन चलान गरिएको छ ।
घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुका भएपनि नवलपुरबाटै नै मुद्धा चलाईएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१