कावासोती । नवलपरासी पूर्बको कावासोती नगरपालीका १६ डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पतालमा भष्ट्रचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा उजुरी परेको छ ।
प्रस्ताबित नवलपुरको जिल्ला अस्पताल समेत रहेको मध्यबिन्दु सामुदायिक अस्पतालमा भौतीक सरंचना निमार्णमा अस्पताल सञ्चालक समिति ,ठेकेदार र सामाग्री उपलब्ध गराउने फर्मको मिलोमतोमा आर्थिक सुशासन बिपरित भष्ट्रचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्ब नवलपुरमा उजुरी परेको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा उजुरी परेको र त्यस बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्ब नवलपुरका शाखा अधिकृत आनन्द भुषालले बताएका छन् । जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्ब नवलपुरमा अस्पताल सञ्चालक समिति ,ठेकेदार र सामाग्री उपलब्ध गराउने फर्म बिच आर्थिक सुशासन बिपरित अनियमितता र सार्वजनिक खरिद ऐन बिपरीत टेण्डर स्वीकृति गरी निमार्ण समाग्री खरिद गरेको भन्दै मध्यबिन्दु अस्पताल बिरुद्द उजुरी परेको हो । यस बिषयमा तत्काल छानबीन गरी काबार्हि गरीपाउँ भनि जिल्ला प्रशासनमा उजुरी परेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताएका छन् । यता मध्यबिन्दु अस्पतालका अध्यक्ष चेतनाथ पोख्रेलले आफुहरुले कुनै अनियमितता नगरेको दाबि गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१