नमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ३, शुक्रबार (५ साल अघि)
Advertisement
दलदले । नवलपरासी पूर्ब नवलपुरमा पछिल्लो पटक लागुऔषध दृव्र्यसनी र लागुऔषधको बरामद भईरहेको सन्दर्भमा देवचुलीका किशोरीहरुद्धारा भने लागुऔषधबाट हुन सक्ने हिंसा, दृव्र्यवहार विरुद्धको अभियान सुरु गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालद्धारा कन्नालनको सहयोगमा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरुद्धारा देवचुलीका विद्यालयहरुमा सो कार्यक्रम सुरु गरेका हुन् । बालिकाहरु र किशोरीहरुमाथी हुने हिंसा, दृव्र्यवहारको अध्ययन गर्दा लागुपदार्थको सेवन, मधपान गरेको व्यक्तिहरुबाट बढी हुने गरेको देखीएकोले समेत स्वयम किशोरकिशोरीहरुले किशोरकिशोरीहरुलाई जानकारी दिनको लागि सो कार्यक्रमको सञ्चालन गरेको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका दिपक शर्माले बताउनुभयो । आज बालबालिकाहरुको बक्तृत्वकलाको मार्फतबाट सचेतना र प्रतिबद्धताको लागि देवचुली ७ मा रहेको श्री भिमसेन माध्यमिक विद्यालयमा लागुऔषधको सेवनबाट हुन सक्ने हिंसा, दृव्र्यवहार न्युनिकरणमा विद्यार्थीको भुमिकाको बारेमा सो कार्यक्रमको सञ्चालन गरिएको थियो ।
सहभागी विद्यार्थीहरुले विद्यालय, समाज, स्थानीय तह, अभिभावकहरुमा सचेतना नहुनु, नीतिहरु सही रुपमा कार्यान्वयन नहुनु, किशोरकिशोरीहरुलाई जीवनउपयोगी सिपको बारेमा जानकारी समेत कम हुनु जस्ता क्रियाकलापहरुले लागुऔषधको सेवन गर्ने गरेको यसबाट समग्र समाज र राष्ट्रमा नै असर पर्ने कुरामा जोड दिएका थिए ।
लागुऔषधको सेवनले गर्दा भविष्य समेत विग्रने र सो को सेवनपश्चात समेत बिभिन्न नकरात्मक क्रियाकलापहरुमा उनीहरुको संग्लनता रहने भएकोले समेत किशोरकिशोरीहरुलाई सचेत रहन र सधैव प्रतिबद्ध रहन समेत भिमसेन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो । ७ जना विद्यार्थीहरु सहभागि रहेको सो कार्यक्रममा आदर्श भुसाल प्रथम, सविना भुसाल द्धितिय र सन्देश अर्याल तृतिय रहनुभएको थियो ।