कावासोती । पूर्बि नवलपरासीको नवलपुर जिल्ला अदालतमा सबै भन्दा बढी सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएको छ । अदालत स्थापना भएको २२ महिनामा ४ सय ९ मुद्दा सम्बन्ध विच्छेदको र्दता भएको जिल्ला अदालत नवलपुरका सुचना अधिकारी तारादत्त बडुले जानकारी दिए ।२०७४ सालमा स्थापना भएको नवलपुर जिल्ला अदालतमा अन्य मुद्धाको तुलानामा सबै भन्दा बढी सम्बन्ध विच्छेदको मुद्धा र्दता भएको हो । सुचना अधिकारी तारादत्त बडुका अनुसार सम्बन्ध विच्छेद बाहेक अरु प्रकृति मुद्धा पनि सोहि अनुपातमा आएको बताएका छन् । हाल सम्म अदालतमा जग्गासम्बन्धि १ सय ६२, मुद्दा र्दता भएकोमा १०८ फछयौट ८४ बाकी ,लागु औषध १ सय ७ र्दता भएकोमा ७६ फछयौट ३१ बाकी ,सवारी ज्यान ९५ र्दता भएकोमा ६६ फछयौट २९ बाकी ,जबरजस्ती करणी ५१ र्दता भएकोमा ३३ फछर्यौट १८ बाकी ,त्यस्तै अन्य ६यस ४ मुद्दार्दता भएकोमा ३ सय २१ फछयौट २ सय ८३ बाकी गरी २०७४ माघदेखि २०७५ माघ मसान्त सम्ममा जम्मा १ हजार ८ सय २६मुद्दा दर्ता भएको मध्ये १ हजार २ सय ५ फछर्यौट भईसकेको छ भने ६ सय २१ मुद्धा प्रकृयामा रहेको नवलपुर जिल्ला अदालतले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१