रेमु थापा
कावासोती । पूर्बि नवलपरासीको कावासोती १३ बुढौलीकुनामा रहेको कालीका आधारभुत विद्यालयले रजत जयन्ती मनाउने भएको छ । यही चैत २७ गतेका दिन विद्यालयले आफ्नो विद्यालयको २५ औँ वर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाउन लागीएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । विद्यालयको स्तरउन्नती साथै विद्यार्थीहरुको शैक्षिक अवस्था विकासका लागी रजत जयन्तीबाट आर्थीक संकलन गर्ने उद्ध्ेश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज बहादुर राईले जानकारी दिए । करिव २ लाख ५० हजारको अनुमानीत लागतमा संचालन गरीने रजत जयन्तीबाट करिव ३० लाख रकम संकलन गर्ने लक्ष्य रहेको सचिवालय संयोजक जंग बहादुर भुजेलले जानकारी दिए । १ सय १५ जना विद्यार्थी हरेको यस विद्यालयमा बाल मैत्री शिक्षण वातावरण सिर्जना गरी अध्ययन गर्ने, इन्टरनेट सहित कम्प्युटर प्रयोगशालाको स्तरउन्नती गर्ने, पक्की चौघेरा लगाई विद्यालयलाई पूर्ण सुरक्षित स्थानको रुपमा विकास गर्ने, निकट भविष्यमानै विद्यालयको तह उन्नती गरी आधारभुत तह कक्षा ८ सम्म सञ्चालनमा ल्याउने, बाल एवम् अपाङ्गमैत्री शौचालय निमार्ण, खेलमैदानको व्यवस्थापन र विकास गर्ने, नर्सरी देखि कक्षा ५ सम्म अँग्रेजी माध्यममा अध्यापन गराउने, विद्यालयमा विद्युतीय हाजिरिको साथै सी.सी. क्यामराको व्यवस्था गरीने विद्यालयको भावी योजना रहेको प्रचार प्रसार संयाजक श्याम प्रसाद काफ्लेले जानकारी दिए । चैत २५ गते अन्तर विद्यालय प्रा. वि. हाजिरि जवाफ, चैत २६ गते अभिभावक विच कुर्ची दौड, २७ गते विहान गाउँ टोल सरसफाई, झाँकी, र्याली, रजत स्तम्भ, भवन उद्घाटन, सम्मान, विभिन्न सांस्कृतकि प्रस्तुती सहीत रजत जयन्तीको मुल समारोहको कार्यक्रम रहेको सचिवालय संयोजक भुजेलले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१