• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अख्तियारले उपराष्ट्रपतिका छोरा दीपेश पुनसँग बयान लिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २३, बिहिबार (७ साल अघि)
    Dipesh-pun_20190307004047 (1)

    Advertisement

    काठमाडौं  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो।

    आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार बयान लिने भएको छ। राजपा नेपालका नेता ज्ञानेन्द्र झाले लम्बोदरको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए। अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति (पीआर) पाएका लम्बोदर र अर्का सञ्चालक दीपक भट्टराईबीच इन्जिनियरिङ कलेजको स्वामित्वका विषयमा विवाद छ।

    न्यौपाने पक्षले इन्जिनियरिङ कलेजलाई निजी भन्दै आएको छ भने भट्टराई पक्षले समुदायबाट सञ्चालित गैरमुनाफामूलक भएको बताउँदै आएको छ। विगत दुई वर्षदेखि भट्टराई पक्षले लम्बोदर पक्षलाई कलेजमा प्रवेश गर्न दिएको छैन। उक्त विवाद मिलाउन लम्बोदर राजपा नेतामार्फत तत्कालीन आयुक्त पाठककहाँ पुगेका थिए।

    पाठक प्रकरणमा अख्तियारले उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश, अखिल क्रान्तिकारीका नेता कैलाश मगर, महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहलगायतसँग बयान लिन लागेको छ।

    त्यस्तै अख्तियारले राजपा नेता झासँग १५ लाख लिने राजनारायणका भाइ शुभनारायणसँग बयान लिँदैछ। पाँच वर्षअघि शुभनारायणले छोरी पढाउन भनेर झासँग १५ लाख लिएका थिए। उनले त्यो रकम अहिलेसम्म फिर्ता गरेका छैनन्। अख्तियारले पाठकको भिडियो बनाउने नेकपाका कार्यकर्ता ध्वजमान मोक्तानसँग बयान लिनेछ। राजपा नेता झा र मोक्तानले भिडियो बनाएर पाठकको कर्तुत बाहिर ल्याएका थिए। अहिले मोक्तान भारतमा छन्। पाठकको घुस प्रकरणको अडियो–भिडियो झा र मोक्तानले सार्वजनिक गरेका थिए। शुभनारायणले लम्बोदर र झालाई आयुक्त पाठकसम्म पु¥याएका थिए। घुस विवाद मुछिएका शुभनारायण पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन हुन्।

    यसैगरी अख्तियारले महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहसँग पनि बयान लिने भएको छ। पाठकले भिडियो खिच्ने झा र मोक्तानलाई भिडियो डिलेट गराउन एसएसपी सिंह र उपराष्ट्रपतिका छोरा दीपेशको साथ लिन खोजेको पाइएको छ। घुस लिएर पनि काम नगरेपछि पाठकले घुस स्वीकारेको भिडियो–अडियो डिलिट गराउन एएसपी सिंह र पुनलाई प्रयोग गरेको अख्तियार स्रोतको दाबी छ।

    दीपेशकहाँ पाठकको घुस प्रकरणको विषय पुगेपछि उनी आफैंले भिडियो खिच्ने झा र मोक्तानसँग कुराकानी गरेका थिए। तर कुरा ननमिलेपछि पुनले उनीहरूसँग थप कुरा गर्न कैलाश मगरलाई पठाएका थिए। ‘पाठक घुस प्रकरणमा जोडिएका प्रत्येकसँग बयान लिइनेछ,’ अख्तियार स्रोतले भन्यो। अख्तियारले राजनारायणलाई ७८ लाख बुझाउने राजपा नेता झासँग विगत तीन दिनदेखि बयान लिइरहेको छ। ‘मेरो बयान अझै सकिएको छैन’, झाले भने।

    पाठक प्रकरणमा बयान लिन धेरै समय लाग्ने देखिएको छ। सबैसँग बयान लिएपछि मात्रै आयोग परिणाम सार्वजनिक गर्ने तयारीमा छ।

    यो समाचार  annapurnapost.comसभार गरीएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution