ज्ञानु पंगेनी
कावासोती । नवलपुरको पहाडी र विकट गाउपालिकाका बासिन्दालाई लक्षित गरेर बौदीकाली गाउपालिकाको डेढगाउमा संचालन गरिएको नि शूल्क आखा शिविरमा ४२ जना मोतीयाविन्दु विरामिको शल्यक्रिया गरिएको छ । शिविरबाट बौदीकाली गाउपालिका बुलिङ्गटार र तनहुको घिरिङ्ग र रिसिङ्ग गाउपालिकाका नागरिक लाभान्वित भएका छन । शल्यक्रियाका लागि भरतपुर र पोखरा जानुपर्ने बाध्यता रहेको यहाका बासिन्दाले आफ्नै ठाउमा शल्यक्रियाको सुविधा पाएपछि धेरै सहज भएको भन्दै खुसी समेत प्रकट गरेका छन । नवलुरको बौदीकाली गाउपालिकामा रहेको बालीघाट क्षेत्र संरक्षण समितिको आयोजना ,बौदीकाली गाउँपालिकाको आर्थिक सहयोग तथा वडा कार्यालय बौदीकाली २ डेढगाउको ब्यवस्थापनमा भएको आखा शिविरमा जाच गराएका मध्ये ४२ जनामा मोतीयाविन्दु देखिएको थियो । उनीहरुलाई शिविरमै शल्यक्रिया गरिएको हो ।
तीन दिनसम्म चलेको शिविर गत बुधवार सकिएको थियो । शिविरमा ६ सय १३ जनाको आखा जाच गरिएको थियो । शिविरमा सहभागि भएका विद्यार्थी र जेष्ठ नागरिक गरि ७३ जनालाई नि शूल्क चस्मा र औषधी वितरण गरिएको आयोजक संस्थाका विर वहादुर विशिले जानकारी दिए । ,कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर पाल्पा, लुम्बिनी नेत्र बिज्ञान अध्यन सस्थान, बालीघाट सामुदायिक स्वास्थ्य इकाई, रकुवा प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा शिविर भएको थियो । डाक्टर अञ्जिता हिराचनको नेतृत्वमा १५ जनाको प्राविधिक टोली शिविरमा खटिएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१