• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ओली र प्रचण्डलाई मार्न मान्छे खटाएपछि विप्लवमाथि प्रतिवन्ध !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २९, बुधबार (७ साल अघि)
    oli-prachanda3259

    Advertisement

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । प्रधानमन्त्रीको यस्तो दाबीलगत्तै मंगलबार क्याबिनेटले सो समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गर्‍यो । र, बैठक सकिनासाथ गृहमन्त्री बादल अष्ट्रियातर्फ उडे ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरुको ध्यान आकृष्ट पार्दै भनेका थिए कि विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको छ । पक्राउ परेका कार्यकर्तामार्फत सुरक्षा निकायले हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको प्रधानमन्त्रीलाई उधृत गर्दै स्रोतले अनलाइनखबरलाई बतायो ।

    सुरक्षा निकायले पक्राउ गरेका व्यक्तिका साथबाट हत्याको योजनासम्बन्धी सूचना प्राप्त भएको हो कि हैन भनेर हामीले नेपाली प्रहरीका उच्च अधिकारीसँग सोध्यौं । कुन व्यक्तिलाई पक्राउ गर्दा ओली र प्रचण्डको हत्या योजनासम्बन्धी सूचना प्राप्त भएको हो भन्ने प्रश्नमा प्रहरी स्रोतले केही खुलाउन चाहेन ।प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उनीहरुले डायरीमा मान्छेको नाम किटेका हुँदैनन्, कोड भाषा प्रयोग गरेका हुन्छन् ।’ प्रहरी उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले जनपथबाट नभएर गुप्तचर निकायबाट पनि त्यस्तो सूचना प्राप्त गरेका हुन सक्छन् । किनभने, यतिबेला प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई पनि आफ्नै मातहतमा राखेका छन् ।

    सरकारी स्रोतले प्रचण्ड र ओलीको हत्या गर्ने षण्डन्त्र भएको दाबी गरे पनि पछिल्लो समयमा विप्लव समूहमा ठूला नेता पक्राउ परेका छैनन् । यसअघि पक्राउ परेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डका साथबाट चन्दा संकलनको सूची फेला परेको थियो । तर, यो निकै पहिलेको घटना हो । तर, ललितपुरस्थित ऐनसेलको टावर अगाडि एकजनाको ज्यान जानेगरी भएको बम विस्फोटनपछि भने प्रहरीले विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेलसमेत तीनजना पक्राउ परेका थिए । एनसेलपछि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शक्तिशाली बम विस्फोटन गराइएको भए पनि सो घटनामा संलग्नहरु पक्राउ परेका छैनन् ।

    यसैवीच सरकारले तीनवटा प्रदेश स्तरमा सुरक्षासम्बन्धी गोष्ठीहरु आयोजना गरेको थियो । ती बैठकहरुमा सबै तहका सुरक्षा अंगका प्रमुखहरु सहभागी थिए । र, त्यहाँ विप्लव माओवादीले पुर्‍याइरहेको सुरक्षा चुनौतीका बारेमा पनि छलफल भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution