• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र २६, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न कावासोतीमा सुझाव संकलन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन ३०, बिहिबार (७ साल अघि)
    53902825_645743232547698_4881728505160663040_n

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । राष्ट्रिय बहुक्षेत्रीय सूर्तीजन्य पदार्थ नियन्त्रण रणनैतिक योजना विकासको लागि कावासोती नगरपालिकाबाट सुझाव संकलन गरिएको छ ।
    बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको आयोजनामा कावासोतीमा भएको गोष्ठिमा सम्बन्धित सरोकारवालाहरुबाट सुझाव संकलन गरिएको हो ।
    सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि साझेदारी कसरी गर्ने ? सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि के कस्ता कृयाकलाप गर्ने ? र नियन्त्रण तथा नियमनको लागि अनुगमन तथा कारवाहि कसरी गर्ने ? भन्ने तीन वटा मुख्य विषयमा यहाका सरोकारवालाहरुले आफ्नो सुझाव पेश गरका छन ।
    तीन समूह बनाएर समूहगत रुपमा सुझाव संकलन गरिएको थियो । जसमा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि स्थानीय तहमा रहेका स्वास्थ्य कार्यालय , स्वास्थ्य शाखा , बालक्लब , विद्यालय लगायतका विषयगत कार्यालय तथा संघसंस्थासंग साझेदार गर्न सकिने सुझाव दिएका छन । प्रतेक साझेदार संघसंस्थाहरुको भुमिका निर्धारण गरेर काम गर्नुपर्ने , सूर्तीजन्य पदार्थको असर रोकथाम र नियन्त्रणका बारेमा स्थानीय पाठ्यक्रममा समावेश गरिनुपर्ने , पेशागत संगसंगठनहरुमा आबद्ध व्यक्तिहरुले सूर्तीजन्य पदार्थ सेवन गर्न नपाईने व्यवस्था गर्नुपर्ने , वडा कार्यालयहरु सर्वप्रथम टोबाको फ्री जोन कायम गर्ने जस्ता कृयाकलाप गर्न सुझाव पेश गरिएको छ ।
    यस्तै सार्वजनिक स्थानमा धुम्रपान तथा मद्यपान निषेधित क्षेत्रको कार्यविधी तयार गर्ने र आचारसंहीताहरु तयार गर्ने , कार्यविधिहरु तयार गर्ने , प्रयोगकर्ताहरुको जानकारीको लागि तथ्याँक संलकन गर्ने , समुदायस्तरको सचेतनामुलक कार्यक्रमहरु स्थानीय तहको नीति तथा योजनाहरुमा समावेश गरी सञ्चालन गर्नुपर्ने , सञ्चार माध्यमहरुबाट सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने , व्यवसाय दर्ता एवम कार्यविधिमा नै यस्ता क्रियाकलापहरुको न्युनिकरणको लागि पहलकदमी चाल्नुपर्ने लगायतका काम गर्नुपर्ने सुझाव दिएका छन ।
    यसैगरि नगरस्तरीय अनुगमन संरचना तयार गरेर नियमन र कारवाहि गनुपर्नेमा यहाका सरोकारवालाले जोड दिएका छन । मासिक रुपमा स्थान अनुसार आवश्यक पर्ने सरोकारवाला निकायहरुसंगको समन्वयमा अनुगमन गर्ने र त्यसको प्रतिवेदनको आधारमा कार्यान्वयन गनुपर्ने बताएका छन ।
    यसैगरि सेवनकर्ताको उमेरको हद तोक्नुपर्ने , विक्रि वितरणको समय तोक्नुपर्ने , सूर्तीजन्य पदार्थ सेवन गर्ने निश्चित स्थान तोक्नुपर्ने , सूर्तीजन्य पदार्थ विक्रि वितरणको लागि लाईसेन्सको व्यवस्था गर्नुपर्ने तथा दण्ड सजाय र जरीवानाको व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन ।
    कार्यक्रममा कावासोती नगरपालिकाका विषयत क्षेत्रका संयोजक , स्वास्थ्यचौकीका प्रमुख , शिक्षा शाखा , उद्योगी व्यवसायी , संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रममा सहजीकरण गर्दै डाक्टर भक्त केसीले सूर्तीजन्य पदार्थ सेवनकै कारण नेपालमा वर्षेनी २७ हजार मानिषको मृत्यु हुने गरेको तथ्याङ्ग रहेकाले यसलाई समयमै नियन्त्रण गर्न नसकेमा जनस्वास्थ्यमा गम्भिर समस्या उत्पन्न हुने हुदा सरकारले रणनैतिक योजना बनाएर यसलाई नियन्त्रण गर्न लागेको बताए । देशका ७७ वटा जिल्लामा काठमाण्डौ र नवलपुर दुई वटा जिल्लाबाट मात्रै यसरी सुझाव संकलनको काम गरिएको उनले जानकारी दिए । यी दुई जिल्लाबाट संकलन भएको सुझावबाट नै सरकारले रणनैतिक योजना र नितिगत व्यवस्था गर्ने उनको भनाई थियो ।
    सूर्तीजन्य पदार्थ नियन्त्रण एउटा मात्र निकायले गर्न नसक्ने हुदा बहुक्षेत्रीय समन्वयबाट यसको नियन्त्रणका लागि गोष्ठिको आयोना गरिएको उनले बताए ।
    कार्यक्रममा कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनले देशभरबाट नवलपुर जिल्ला सुझाव संकलनका लागि चुनिएकोमा खुसी लागेको भन्दै गोष्ठिबाट आएका सुझावहरुलाई नगरपालिकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाईन ।
    नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले कावासोती र नवलपुरका कतिपय सार्वजनिक संस्था , विद्यालय तथा क्याम्पसले भाडामा दिने सटरहरुमा नै सूर्तीजन्य पदार्थ र मादक पदार्थको बेचविखन हुनु नकारात्मक पक्ष रहेको बताए । शिक्षा दिने पवित्र स्थानहरुबाट नै आम्दानी गर्ने नाममा हाताभित्रै यस्ता वस्तुको बेचबिखन गर्न नहुने उनले बताए । यस विषयमा स्थानीय तहबाट आवश्यक निति नियम बनाएर निरुत्साहित गर्न उनले सुझाव समेत दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution