• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यटकीयस्थल बन्दै नवलपरासीको बाबा बर्दगोरिया

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र ९, शनिबार (६ साल अघि)
    1-04091-1-baba-dham-photo-0592018033711-600x0

    Advertisement

    पुरुषोत्तम सुवेदी

    नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरावानी स्थित बाबा बर्दगोरिया क्षेत्र धार्मिक पर्यटकीयस्थल बनेको छ । भारतको हरिद्वारको झल्को दिने गरी सो क्षेत्रलाई धार्मिकस्थलका रुपमा विकास गर्न योजना अघि बढाइएको छ ।उक्त क्षेत्रमा धार्मिक संरचनासहित आचार्यकुलम, जडीबुटी प्रशोधन, गौशाला निर्माण, योगको प्रयोगशाला र प्राकृतिक चिकित्सालय स्थापनालगायत कामका लागि योजना अघि बढाइएको हो । शिवभक्त नन्दीकेश्वरको तपोभूमिका नामले परिचित सो धामको दाहिनेतर्फ पानभार नदी र बायाँतर्फ भूमही नदी बग्छन् । उक्त क्षेत्रमा मामीसती सवरिया मन्दिर र अमरपोखरी ताल छ । यही मन्दिरसँग जोडिएको अर्को मन्दिर हो मामीसती सबरिया मन्दिर । यो मन्दिर सुनवल–११ भँडरीमा पर्दछ ।

    बाबा बर्दगोरिया र मामीसती सवरिया, दुवै नाम सुन्दा फरक भए पनि यी दुवै मन्दिरको इतिहास एउटै रहेको पाइन्छ । सो क्षेत्रको धार्मिक पर्यटकीय विकासका लागि सुनवल नगरपालिका, पतञ्जलि योगपीठ नेपाल, पतञ्जलि योग समिति नेपाल र बाबा बर्दगोरिया धाम विकास समितिको सहकार्यमा योजना अघि बढाइएको नगर प्रमुख भीमबहादुर थापा ‘भरत’ले जानकारी दिनुभयो ।

    धार्मिक किंवदन्तीका अनुसार यही भडँरीमा हाल दोभान भनेर चिनिने भलुही र पानभार खोलाको नजिकै राजाको दरबार थियो । प्राचीन समयमा हालको भडँरीमा राजाराम नामका राजा बस्दथे । उनका रानी मामीसती र एउटा भाञ्जा पर्शुराम पनि थिए । यहाँ अहिले ठूलो सिमलको रुख छ । दरबार अगाडि तुल्सीको मन्दिर थियो । राजाको नौलाख गाई र ती गाई हेर्ने चरुवा पनि थिए । चरुवा गाईलाई चराउँदै नेपालका विभिन्न ठाउँ र भारतको हस्तिनापुरसम्म पुग्ने गर्दथे । चर्न गएका गाई कहिले छिट्टै त कहिले महीना दिनसम्म पनि फर्किंदैन्थे । चर्न गएका गाई फर्कंदा दरबार आउनुभन्दा पहिले पानी पिउन हालको केरवानीमा अवस्थित अमर पोखरी पुग्थे । अमर पोखरीको पानी खाएपछि अमर भइन्छ भन्ने विश्वास थियो ।

    पतञ्जलि योग समिति नेपालका संरक्षक ज्ञानेन्द्रविक्रम महतले उक्त क्षेत्रलाई स्थानीय तहको सहकार्यमार्फत् पूर्णरुपमा धार्मिकस्थलका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी एवं वरिष्ठ योग गुरु लवदेव मिश्रले सो क्षेत्रलाई योगको प्रयोगशाला र प्राकृतिक चिकित्सालयका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । बाबा बर्दगोरिया क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पूर्ण रुपमा विकास गर्न करीब १० वर्ष लाग्ने अपेक्षा गरिएको छ । लामो समय लाग्ने योजना भए पनि भविष्यमा धार्मिक हिसाबले उक्त क्षेत्रको विकास गर्नसके महत्वपूर्ण धार्मिकस्थल बन्ने अपेक्षा गरिएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन यहाँ लामो समयदेखि प्रयास गरिँदै आएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution