• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा ६ सय बढी विदेशी लगानीकर्ता सहभागी हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १३, बुधबार (७ साल अघि)
    nepal-investment-summit-2019_nyW7EByTgH

    Advertisement

    काठमाडौं । आगामी चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनका तयारी पूरा भएको छ । सम्मेलनको प्रधान्ामन्त्री के पी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने छ । त्यसैगरी, सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार स्ांस्था, नेपाली निजीक्षेत्र, गैर-आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछन् ।

    त्यसैगरी सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी भएको अर्थमनत्री खतिवडाले जानकारी दिए । सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको छ । यस्तै औद्योगिक व्यवसाय ऐन संसदमा गइसकेको छ भने बौद्धि सम्पत्तिको अधिकार सम्बन्धी ऐन र कम्पनी ऐनमा संशोधनको तयारी पनि अघि बढाइएको अर्थमन्त्री खतिवडाले बताए ।

    ‘हामी पारित भएका ऐनको नियमावली र कार्यविधि पनि छिटै बनाउँछौं,’ खतिवडाले भने,’विगतमा जस्तो ढिलाइ गरेर बस्दौनौं । ऐनमा भएका व्यवस्थालाई कार्यान्वयन गरिहाल्ने पक्ष्मा हामी छौं ।’

    सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहने जानकारी दिइएको छ ।

    दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुनेछन् । त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् ।

    नेपाल सरकारले यस लगानी सम्मेलन मार्फत विश्वका लगानकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवर्द्धनका लागि सरकारले लिएका नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्नुका साथै नेपाल लगानीको लागि उत्कृष्ठ गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लिएको छ ।

    सम्मेलनले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने आशा लिईएको अर्थमन्त्री खतिवडाले बताए ।

    लगानी सम्मेलन सफल रुपमा आयोजना गर्न माननीय अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन गरेर काम भइरहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution