बिजय चालिसे,
कावासोती । हावाहुरीबाट प्रभावित बारा पर्सालगायतका जिल्लाहरुका घाईते नागरिकका लागि मङ्गलबार नवलपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नवलपुर उधोग बाणिज्य सङ्घ कावासोती, रेडियो सामर्थ्य र रोटरी क्लब अफ कावासोतिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियो सामर्थ्यका प्रबन्ध निर्देशक सागर पोखरेलले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा अहिले युवाहरुसहित सर्बसाधारणको उल्लेख्य सहभागिता रहेको छ। नवलपुरका विभिन्न सामाजिक अभियानकर्ताको आव्हानमा गरिएको रक्तदान कार्यक्रममा रेडियो कावासोती, सिजि ईन्डस्ट्रीयल पार्क, सप्तगण्डकी मल्टी प्रपोज कम्पनी, जाग्रीती बाल तथा सरोकार नेपाल, कस्मिक नेट, सिद्धार्थ आवासिय माबी, नेपाल ईन्टेलेक्चुअल ईनोभेटिभ सस्था, फलफुल व्यावसायिलागायतको सहकार्य रहेको छ।
सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत रहेर बारा, पर्सालगायतका जिल्लामा हावा हुरिका कारण घाईते भएका विरामिहरुको उपचारमा रक्त अभाव परेको विभिन्न सन्चार माध्यमबाट सुचना आएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको नवलपुर उधोग बाणिज्य सघका अध्यक्ष डासुराज पोखरेलले जानकारि दिनुभयो । रोटरि क्लव अफ कावासोतिका अध्यक्ष भरत शर्मा पोखरेलले विपतमा परेका व्याक्तिलाई रोटरिले सहयोग गर्ने भएकाले जिल्लामा रहेका विभिन्न सघ सस्थाहरुसग मिलेर आपतकालिन रक्त सकलन गर्न लागेको बताउनु भयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१