• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १४, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

२

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

३

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

४

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

५

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

६

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

७

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

८

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

९

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

१०

उ मर्यो रे ?

११

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीको पिठौलीबाट जोडी खोज्दै गिद्ध पाकिस्तानसम्म पुग्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २१, बिहिबार (७ साल अघि)
    bird-0242018033919-1000x0

    Advertisement

    काठमाडौँ — नेपालका गिद्ध उडेर अरू देश पुग्छन् कि पुग्दैनन् ? गत वर्षसम्म जवाफ कसैसँग थिएन । अहिले थाहा भयो– नेपालका गिद्ध उडेर भारत र पाकिस्तानसम्म पुग्दारहेछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ (बीसीएन) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा गिद्धको ढाडमा ‘स्याटेलाइट टेलिमेट्री ट्याग’ जोडेपछि नेपाली गिद्ध आहार र जोडीको खोजीमा भारतको हिमाञ्चल प्रदेशका विभिन्न स्थान हुँदै पाकिस्तानसम्मै पुगेको खुलासा भएको हो ।

    गत मंसिरमा ढाडमा स्याटेलाइट जोडेर जंगल (प्राकृतिक बासस्थान) मा छाडिएको अति संकटापन्न सूचीको डंगर प्रजातिको गिद्ध नवलपरासीको पिठौलीबाट ११ सय किलोमिटर यात्रा पार गर्दै भारत–पाक सीमामा पुगेको हो । उक्त गिद्ध दुई पटक त्यहाँ पुगेको पाइएको छ र अहिले पनि उतै छ । ‘एउटा गिद्ध पाकिस्तानको सीमासम्मै पुगेको छ,’ बीसीएनका गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले भने, ‘हाम्रा गिद्ध यति टाढासम्म पुग्छन् भन्ने थाहा थिएन ।’ अहिले ब्रिडिङ मौसम भएकाले जोडीको खोजी वा उपयुक्त आहारको खोजीमा त्यति टाढा पुगेको उनले बताए । गिद्धको ढाडमा रहेको स्याटेलाइटको जीपीएसले सफ्टवेयरमा पठाएको सन्देशका आधारमा उक्त गिद्धले त्यति लामो यात्रा गरेको थाहा भएको हो । ‘उक्त सन्देशका आधारमा कहाँ–कहाँ घुम्यो भनेर थाहा पाउन सकिन्छ,’ उनले भने, ‘गिद्धको यात्रा लामो हुने रहेछ भन्ने पुष्टि भएको छ ।’

    गिद्धको नियमित अनुगमन थाहा पाउन विभाग, बीसीएन र एनटीएनसीले गत वैशाख र मंसिरमा गरी १७ वटा गिद्धको ढाडमा स्याटेलाइट ट्याग जडान गरी जंगलमा छाडेका थिए । स्याटेलाइटले हरेक दुई घण्टामा ती गिद्धले घुमेको ठाउँ (लोकेसन) को सूचना सफ्टवेयरमा पठाउँछ । ११ जंगली र ६ वटा चितवन निकुञ्जस्थित कसरा प्रजनन केन्द्रमा हुर्किएका गिद्धको ढाडमा स्याटेलाइट ट्याग गरिएको हो ।

    विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलले गिद्धमा स्याटेलाइट ट्याग जडान गरिएपछि तिनको उडानबारे जानकारी लिन सहज भएको बताए । ‘अनुगमन गर्न सहज भएको छ,’ उनले भने, ‘नेपालका गिद्ध आहार र सम्भावित जोडीको खोजीमा टाढासम्म जाने रहेछन् भन्ने थाहा भएको छ ।’ नेपालका गिद्ध उडेर सीमापार गर्दै अरू देशसम्म पुग्ने गरेकाले तिनको संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक भएको पनि पौडेलले उल्लेख गरे । ‘गिद्धको संरक्षणमा अन्तरदेशीय सहयोग आवश्यक छ भन्ने सन्देश मिलेको छ,’ उनले थपे, ‘अब त्यसैअनुसार हामीले संरक्षण गतिविधि र नीति अघि बढाउनुपर्छ ।’

    निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नमुना सामुदायिक वनमा रहेको पिठौलीको जटायु रेस्टुरेन्ट क्षेत्रमा स्याटेलाइट ट्याग जडान गरी गिद्ध प्राकृतिक वासस्थानमा छाडिएका थिए । तिनले भारतका विहार र उत्तर प्रदेशसहित नेपालका १५ जिल्लामा घुमफिर गरेको पनि भुसालले बताए ।

    ‘ट्याग गरिएका गिद्धले धेरैजसो समय १५ जिल्लाका २४ हजार हेक्टर क्षेत्रमा बिताइरहेका छन्,’ उनले भने । तिनीहरू आहारको खोजीमा गुल्मीको रेसुंगा, चितवन, गोरखा, दाङ, पाल्पा, अर्घाखाँची, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, प्यूठानसम्म पुगेको पाइएको हो ।

    सन् १९९० को दशकमा दक्षिण एसियामा करोडौं र नेपालमा लाखौं संख्यामा पाइने गिद्ध ९५ प्रतिशतभन्दा बढीले घटेर केही हजारमा सीमित भएका थिए । नेपालमा लोप हुनबाट बचाउन विभागले बीसीएन र एनटीएनसीसँगको सहकार्यमा चितवन निकुञ्जको मुख्यालय, कसरामा सन् २००८ मा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमा अहिले ५० वटा माउ र यो वर्ष कोरलिएका ८ वटा डंगर गिद्धका बच्चा राखिएका छन् । तिनलाई सीसीटीभीको सहायताले नियमित अनुगमन गरिएको छ । पश्चिम नेपालका नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्कीबाट ६० वटा डंगर गिद्धका बच्चा संकलन गरेर केन्द्रमा ल्याइएको थियो । केन्द्रमा राखिएका गिद्धले सन् २०१२ देखि अन्डा पार्न थालेका थिए । यी गिद्धको प्रत्येक वर्ष नियमित स्वास्थ्य जाँचसमेत गर्ने गरिएको छ ।

    www.kantipurdaily.com साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो


  • Advertisement

    समाचार
  • १

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • २

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ४

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ५

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ६

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ७

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ८

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ९

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • १०

    उ मर्यो रे ?

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution