परासी । नेपालको पहिलो बालमैत्री स्तानिय तह सुनवल नगरपालिकामा बिहिबार विहान घर भत्काउने क्रममा गारो खस्दा दुई बालिकाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा सुनवल नगरपालिका–१० का स्थानीय रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षा रहेका छन् । सुनवल नगरपालिका–१० गैंडाखालका कर्णबहादुर थापाको घर भत्काउने क्रममा खसेको गारोमा च्यापिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् । घाइते हुने मध्ये रमेश खत्रीकी ६ वर्षीया छोरी दिक्षाको अवस्था गम्भीर रहेको छ । अर्की ७ वर्षीया समीक्षा भुसालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । इँटा र माटोले बनेको पुरानो घर मर्मतका लागि भत्काउन थालिएको थियो । घर भत्काउने क्रममा गारो नजिक बालिकाहरू खेलिरहेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१