• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    धर्मप्रचारकको निःशुल्क अप्रेसनले आँखाको ज्योति गुम्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २४, आईतबार (७ साल अघि)

    Advertisement

    श्रवण देव /अनलाइनखबर

    कर्जन्हा । सिरहाको कर्जन्हा नगरपालिका– ११ मा गत फागुनमा सञ्चालित निःशुल्क आँखा शिविरमा उपचार गराएका अधिकांशमा गम्भीर समस्या देखा परेको छ । शिविरमा आएका १५० मध्ये ७७ जनाको आँखामा शल्यक्रिया गरिएको थियो । उनीहरुमध्ये ९० प्रतिशतको आँखाको ज्योति गुमेको स्थानीयले बताएका छन् । शल्यक्रियापछि आँखाको ज्योति गुमाउने मध्येकी एक हुन्, रामझरियादेवी पासवान (५५) । कर्जन्हा– ८, थलहाकी उनी टाढा हेर्न समस्या भएपछि आँखा उपचार शिविरमा गएकी थिइन् ।

    मोतिविन्दु भएको भन्दै १५ फागुनमा उनको दायाँ आँखाको शल्यक्रिया गरियो । टाढा हेर्दा धमिलो देख्ने उनको आँखा शल्यक्रियापछि केही नदेख्ने भयो । उनी भन्छिन्, ‘अहिले आँखाभित्र एकदमै चिलाइरहेको छ ।’

    त्यही शिविरमा शल्यक्रिया गरेका थलहाकै देबलाल राउत (७०)ले पनि उपचार अघि अलिअलि देख्ने आँखाले अहिले विल्कुलै नदेख्ने भएको बताए । उनले भने, ‘आँशु बग्छ, एकदमै चिलाउँछ पनि ।’

    देबलाल राउत

    राउतका छिमेकी कलम हुसेनले पनि सोही शिविरमा मोतीविन्दुको शल्यक्रिया गराएका रहेछन् । टाढा हेर्दा नदेख्ने समस्या भएर शिविरमा जाँदा मोतीविन्दु देखियो भन्दै अप्रेसन गरिदिएको ६० बर्षीय हुसेनले बताए । ‘प्रष्ट देखिन्छ भनेर भोलिपल्टै अप्रेसन गरिदिए’, उनले भने, ‘अहिले त आँखाले केही देख्दैन ।’

    राति चाहिँ बलेको विजुलीको चिम ठूल्ठूला देख्ने उनले बताए । हुनसेन, राउत र रामझरियादेवी पासवानले मोतियाविन्दको शल्यक्रिया एकै दिन, एकै ठाउँमा गराएका रहेछन् ।

    दक्षिण कोरियाको  क्रिश्चियन धर्म प्रचारक आरटिएन ट्रस्टले १३–१६ फागुनसम्म आयोजना गरेको शिविरमा शल्यक्रिया गरेका प्रत्येक १० मध्ये नौ जनाको आँखामा गम्भीर समस्या देखिएको स्थानीयले बताए । उनीहरुका अनुसार, शिविरमा आँखा जचाउन आएकाहरुलाई कोरियन भाषामा निर्देशन दिइएको थियो । वितरण गरिएको औषधी पनि कोरियामै बनेको पाइएको छ ।

    थलहाका २० जना जतिले मोतियाबिन्दुको शल्यक्रिया गराएको स्थानीय सामाजिक कार्यकर्ता उषाकुमारी पासवानले बताइन् । ‘तीमध्ये अधिकांशको दृष्टि क्षमता गुमेको छ’, उनी भन्छिन्, ‘सबैजसोका आँखाबाट लगातार आँसु आउने र कसैले साना वस्तुलाई ठूलो देख्ने समस्या देखापरेको छ ।’

    पुनः उपचारका लागि खर्च अभाव

    निःशुल्क शिविरमा गएर गम्भीर समस्यामा परेकाहरु पुनः उपचारका लागि छटपटाइरहेको रामझरियादेवी पासवानले बताइन् ।

    निःशुल्क शिविरमा मोतियाविन्दुको शल्यक्रिया गराएपछि दिउँसो नदेख्ने, राति बलेको बिजुलीको चिम ठुलो देख्ने र आँखा चिलाउने समस्या भएपछि लहानको सगरमाथा चौधरी आँखा अस्पतालमा जँचाउन जाँदा फेरि अप्रेसन गर्नुपर्ने र त्यसका लागि २० हजार लाग्ने भनिएको उनले बताइन् । ‘डाक्टरले वैशाख २० गते आउनु भनेका छन्’, उनले भनिन्, ‘जसोतसो १६ हजार रुपैयाँ जम्मा पारेको छु, त्योबेलासम्म चार हजार जुटाउन सक्छु कि सक्तिन थाहा छैन ।”

    लहानको आँखा अस्पतालका डाक्टरले आफुलाई पनि फेरि अप्रेसन गर्नुपर्छ भनेको कलम हुसेन बताए । उनले त्यसका निम्ति पैसाको जोहो गरेका छन् । ‘तर, चारपटक भइसक्यो रक्तचाप नघटेर अप्रेसन हुन सकेको छैन’, उनले ।

    अप्रेसनअघि प्रभुको प्रार्थना

    आरटिएन ट्रस्टले १३–१६ फागुनमा आयोजना गरेको आँखा शिविरमा एक जना डाक्टर र बाँकी विद्यार्थी रहेको पछि मात्र थाहा भएको स्थानीय सामाजिक कार्यकर्ता पासवानले बताइन् ।

    नेपाल नेत्र ज्योति संघ सिराहाका अध्यक्ष पद्मनारायण चौधरीका अनुसार कुनै पनि स्वस्थ शिविरमा प्रशिक्षार्थी प्रयोग गर्न पाइँदैन । ‘निःशुल्क स्वस्थ शिविर विशुद्व सेवा भावले सञ्चालन हुनुपर्छ’, उनी भन्छन्, ‘त्यो पनि सम्बन्धित निकायको अनुमति लिएर दक्ष चिकित्सकहरुबाट मात्र बिरामी जाँच्ने काम हुनुपर्छ ।’

    तर, एकजना मात्र डाक्टर खटिएको आरटीएन ट्रस्टको निःशुल्क आँखा शिविरमा बिरामीहरुले अनौठो उपचार विधिको सामना गर्नुपरेको थियो । आँखा परीक्षण अघि टाउकोमा हात राखेर प्रभुको प्रार्थना गराएको कलम हुसेन बताए । उनले भने, ‘एकजना विदेशी पुरुषले सबैको टाउकोमा हात राखेर १०–१५ मिनेटसम्म प्रार्थना गराए तर, उनको मन्त्र केही बुझिएन ।’

    आयोजक भन्छ– गल्ती विरामीकै हो

    आँखा शिविर आयोजक आरटीएन ट्रस्टका उपाध्यक्ष नागेन्द्र पासवानले शिविर सफलतापूर्वक सम्पन्न भएको बताए ।

    उनले १५० जनाको आँखा जाँच र ७७ जनाको अप्रेशन हुनुलाई ट्रष्टको ठूलो सफलताको रुपमा अर्थ्याए । ‘जहाँसम्म समस्या आएको कुरा छ’, उनले अनलाइनखबरसँग भने, ‘डाक्टरले भनेको जस्तो नगर्ने, आँखा माड्ने, समयमा औषधी नलिनेहरुलाई समस्या भएको हुनसक्छ ।’ यद्यपि त्यस्तो जानकारी आफूले नपाएको पासवानले बताए । बिरामीको टाउकोमा हात राखेर ‘बोल्ने काम नगरिएको’ अड्डी पनि कसे । उनले भने, ‘त्यसबारे तपाईंले मेरा कर्मचारीहरुसँग पनि बुझ्दा हुन्छ ।’

    यो समाचार अनलाइन खबरबाट साभार गरीएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution