• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रधामन्त्री ओली कावासोती आउने / बैशाख ७ गतेलाई मिति सर्‍यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २५, सोमबार (७ साल अघि)
    images_cms-image-000015976

    Advertisement

    कावासोती । प्रधामन्त्री केपी शर्मा ओली कावासोती आउने मिति बैशाख ७ गतेलाई सारिएको छ । यस अघि बैशाख तिन गते कावासोती आउने कार्यक्रम रहेको भए पनि कार्यक्रम ब्यवस्थापनको लागी र प्रधानमन्त्रिको सुरपश्चिममा बैशाख ३ गते नै कार्यक्रम परेपछि कावासोती आउने कार्यक्रम सारीएको प्रतिनिधि सभा सदस्य तिलक महतले बताएका छन् ।
    नवलपुरको सदरमुकामका रुपमा रहेको कावसोतीमा आवश्यक सरकारी कार्यालयहरू एकिकृत रुपमा स्थापनाको लागी शिलन्यासका गर्ने प्रधामन्त्री केपी शर्मा ओली बैशाख ७ गते आउने प्रतिनिधि सभा सदस्य तिलक महतले बताए । केही समय अघिमात्र नेपाल सरकारको नाममा ल्याइएको कावासोती तीन स्थित चौरमा जिल्लामा आवश्यकपर्ने सरकारी कार्यालयहरू स्थापना हुने भएका छन् । एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा स्थानीय,प्रदेश र संघ अन्र्तगतका कार्यालयहरू स्थापना गर्ने योजना अनुसार प्रधानमन्त्री केपी शर्मा ओली शिलन्यासका लागि कावासोती आउने कार्यक्रम समेत तय भएको छ ।
    व्यवस्थित र एकिकृत रुपमा सबै सरकारी कार्यालयहरू निर्माण गर्ने लक्ष अनुरुप योजना बनेको प्रतिनिधि सभा सदस्य तिलक महतले जानकारी दिए । नमूना नवलपुर सदरमुकाम निर्माणका लागि योजना तयार पारिएको उनले बताए । एकिकृत रुपमा कार्यालय व्यवस्थापन गर्दा नागरिकहरुले एकै स्थानबाट सबै सेवाहरू सहज रुपमा लिन सक्ने प्रतिनिधि सभा सदस्य महतले बताए । एक सय ७९ विघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा विभिन्न स्थानीय,प्रदेश र संघका कार्यालय स्थापनाका लागि क्षेत्रहरू निर्धारण गरिएको छ । प्रधामन्त्री केपी शर्मा ओली आफैले व्यवस्थित रुपमा कार्यालय स्थापनका लागि नक्शा कोर्नुभएको बताउदै सोही आधारमा प्राविधिकहरुले नक्साहरू तयार पारिरहेको प्रतिनिधि सभा सदस्य महतले जानकारी दिए । नमूना सदरमुकाम निर्माणका लागि कार्यालयहरू सोही अनुसार स्थापना गरिने,दुई हजारसम्म मानिस अट्ने सभाहल, व्यवस्थित पार्किङ , चमेना गृह, पार्क,कभर्डहल, सहितका संरचना निर्माण गर्ने गरी योजना बनाउने काम भएको उनले बताए । ‘नयां जिल्लाको रुपमा विकास हुँदै गएको यस नवलपुरको सदरमुकामलाई सदमुकाम मात्रै नभई नमूना सदरमुकाम बनाउन लागेका छौं’ प्रतिनिधि सभा सदस्य तिलक महतले भने – व्यवस्थित र आधुनिक तरिकाले कार्यालय देखी अन्य आवश्यक संरचना निर्माण गर्ने लक्ष रहेको छ ।
    शिलन्यास कार्यक्रमका दिन बैशाख    सात गते      केपी शर्मा ओली दिउसो १२ बजे आउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सहित राष्ट्रिय सभा अध्यक्ष, अर्थमन्त्रि , भौतीक पुर्बधार मन्त्रि र गण्डकी प्रदेशका मुख्यमन्त्री आउने कार्यक्रम रहेको छ । प्रधामन्त्री ओलीले नमूना सदरमुकाम निर्माण स्थलमा नवलपुर जिल्लालाई चित्रण गरिएको स्तम्भको शिलन्यास गर्नु छन् । इन्जिनिएर पवन रुपाखेतीले तयार पारेको प्रारम्भिक स्तम्भको खाका अनुसार स्थम्भमा ८ खण्ड रहनेछछ् । आठ खण्डले जिल्लाका आठ वटा स्थानीय तहको प्रतिनिधित्व गर्ने छ । स्तम्भको माथि नेपालको झण्डा रहने छ । स्तम्भको तल्लोभागमा अग्रेजी अक्षरको एन को आकार हुने छ । यसले नवलपुरलाई जनाउने छ । एनको माथि अग्रेजी अक्षर के को आकार हुनेछ । यसले सदरमुकाम कावासोतीलाई जनाउने छ ।
    हाललाई सानो प्रतिकात्म रुपमा स्तम्भ निर्माण गरिने छ । यसैको प्रधानमन्त्रीले शिलन्यास गर्ने योजना रहेको छ । जिल्लाको नमूना सदरमुकाम स्थलको शिलन्यास कार्यक्रम भएकाले व्यापक जनसहभागिताका लागि कार्यक्रमको विषयमा छलफल भइरहेको जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आलेले बताए । यसका लागि अहिले पत्रचारको तयारी र अन्य व्यवस्थापनमा आफूहरू जुटिरहेको उनले बताए । जिल्लाकै गौरवको विषय भएकाले उनले शिलन्यास कार्यक्रम बैशाख ७ गतेका दिन सबै जिल्लाबासीलाई उपस्थितिका लागि समेत आग्रह गरेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution