• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र ३१, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हत्या कि आत्महत्या : मनिषा र कञ्चनको मृत्यु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २१, शनिबार (६ साल अघि)
    death-murder-manisha-mandal_20190504035531

    Advertisement

    सिरहा  : एक हप्ता अगाडि सिरहाको कल्याणपुर नगरपालिका–८ की २१ वर्षीया कञ्चन कुमारी मण्डलको जलेर मृत्यु भएको घटना नसेलाउँदै फेरि एक महिलाको रहस्यमै मृत्यु भएको छ । शुक्रबार सिरहा नगरपालिका–१४ खिरौनाकी १९ वर्षीया मनिषा कुमारी मण्डलको ओछ्यानमै मृत अवस्थामा भेटिइन् ।

    उनी आफ्नो पति रामनरेश मण्डलसँगै सुतेकी थिइन्। घरमा पति–पत्नीबाहेक सासु तारादेवी मण्डल पनि बस्थिन् ।  प्रहरीले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा ल्याएका थिए । मृतक मनिषाका माइतीले उनलाई दाइजोका कारण पति र सासूले घाँटी थिचेर हत्या गरेको आरोप लगाएपछि शुक्रबार दिनभरी पोस्टमार्टम हुन सकेको थिएन । साँझ मनिषाका बुबा रघुनाथ मण्डलले प्रहरीमा किटानी जाहेरी दर्ता गराएपछि उनको पोस्टमार्ट भयो । रघुनाथले मनिषाका पति, सासूसहित चार जनामाथि जाहेरी दर्ता गराएका छन् ।

    मृत्यक मनिषाका पति र सासूलाई घटनाको अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान बढाइने प्रहरी कार्यालयले जनाएको छ । शवको प्रकृति हेर्दा तत्कालै हत्या कि आत्महत्या भन्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलको भनाई छ । पोस्टमार्टम रिपोर्टपछि हत्या वा आत्महत्याबारे खुल्ने उनले बताए ।

    मनिषाको माइती गोलबजार नगरपालिका–८ह हो । हत्या नै गरिएको माइती पक्षको दाबी छ । ‘बिहीबार साँझ छोरीसँग कुरा गराइदिनु भन्दा ज्वाँइले छोरी सुतिरहेको जवाफ दिएका थिए,’ मृतक मनिषाका बुबा रघुनाथले भने,‘त्यसको केही मिनेटमै मृत्यु भएको खबर आयो । उनको हत्या भएको छ ।’ घटनाको अनुसन्धान गरी दोषीमाथि कारवाही हुनुपर्ने उनले माग गरे ।
    सामाजिक परम्पराअनुसार गएको फाल्गुन १६ गते मनिषा र रामनरेशको विहे भएको थियो । विहेमा कबुल गरेअनुसार मोटरसाइकल, एक तोला सुन र डेढ लाख नगद दिएको रघुनाथले सुनाए । ‘विहेमा दाइजो, भोजभतेर र सरसमानमा ९ लाख भन्दा बढी रकम खर्च भयो । ऋण लाग्यो । जग्गा बेचेर ऋण तिरेँ,’ उनले भने । रघुनाथ दुई वर्ष वैदेशिक रोजगारीमा गएर  छुट्टीमा घर फर्केका थिए । छोरीको विहे चाडै गर्नुपर्छ भन्ने दबाबले ऋण खोजेर विहे गरेको बताए ।

    यस्तै, गएको बैशाख १२ गते कल्याणपुर नगरपालिका–८ अरङ्गका २१ वर्षीया कञ्चन कुमारी मण्डल जलेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बैशाख १३ गते काठमाडौंमा मृत्यु भयो । कञ्चनले घाइते अवस्थामै प्रहरीसमक्ष पति बेचु मण्डल र सासू सुरजी मण्डलले मट्टीतेल खन्याएर आगो लगाइदिएको ब्यान दिएकी थिइन्। सुरजीलाई प्रहरीले पक्राउ गरेको छ भने बेचु फरार छन् ।

    स्थानीयबासीले भने कञ्चनको घटनालाई हत्या नभएर आत्महत्या भन्ने दाबी गर्दै आएका छन् । उनीहरुकाअनुसार कञ्चन जलिरहेको अवस्थामा उनकी सासू खेतमा काम गर्न र पति बेचु भारतको अहमदावाद थिए । बेचु ६ महिना पहिला नै रोजगारीका लागि भारत गएका थिए। पीडितको अन्तिम बयानका आधारमा कतव्र्य ज्यान मुद्दामा सुरजीलाई म्याद थप गरी अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रवक्ता तथा डिएसपी खरेलले जानकारी दिएका छन् । उनका पति बेचुको खोजी भइरहेको उनले बताए । दुवै घटनालाई अनुसन्धानपछि मात्रै हत्या कि आत्महत्या भन्न सकिने डिएसपी खरेलको भनाई छ ।

    annapurnapost.comसाभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution