• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका सामुदायिक विद्यालय व्यावसायिक ज्ञान आर्जन गर्दै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २३, सोमबार (७ साल अघि)
    bijya-samudaik

    Advertisement

    नवलपरासी । विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ ।

    अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदन अगाडि बढिरहेको छ । विद्यार्थी चौरभरि छरिएका थिए, कोही पराललाई काटेर मसिना टुक्रा बनाउँदै थिए,कोही ती टुक्रालाई पानीमा धुँदै थिए, कोही ती मसिना परालका टुक्रालाई पकाउन आगो बाल्दै थिए भने कोही ल्यापटप बोकेर भिडियो कल गरी ती दृश्यलाई अन्य देशका विद्यार्थीलाई देखाइरहेका थिए । टाढाबाट हेर्नेलाई यी दृश्य अस्तव्यस्त जस्तै लाग्थे । विद्यार्थीलाई कक्षाकोठामा राखेर नपढाएर किन यसरी चौरभरि भद्रगोल छोडिएको होला भन्ने प्रश्न पनि उठिरहेका थिए । जब नजिकै पुगेर बुभ्mने प्रयास गरियो त्यहाँँ त विद्यार्थी च्याउ कसरी फलाउने भनेर कक्षाकोठामा सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई व्यवहारमा पो उतार्दै रहेछन् । गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विजय सामुदायिक शिक्षा सदन ब्रिटिस काउन्सिलको अवधारणामा सञ्चालित आइएस्ए अर्थात् इन्टरनेशनल स्कुल अवार्डमा सहभागी भएपछि विद्यार्थी विभिन्न परियोजना अन्तर्गत आफैँ सहभागी भएर खोज्दै, हेर्दै,गर्दै,सिक्दै अगाडि बढिरहेका छन् । यसरी प्रत्यक्ष रुपमा आफैँ सहभागी भएर सिक्न पाएकामा विद्यार्थी पनिखुशी देखिन्थे ।

    शिक्षण सिकाइमा नयाँ प्रविधि भित्र्याईअन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षण सिकाइ क्रियाकलाप गरी एक दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथआफूहरु आइएस्एको यात्रामा सहभागी भएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताए । उनले विद्यार्थीले विद्यालयमा नै च्याउ फलाएको, माटोका भाँडा बनाएको, ढुङ्गामा कुँदेर मूर्ति बनाएको फोहर भनेर फालिने बोतल र प्लास्टिक सङ्गालेर चौतारो बनाएको देख्दा आपूm निकै हर्षित भएको पनि बताए ।

    विद्यालयकी सहायक प्रधानाध्यापक एवम् आइएस्एको अर्डिनेटर रेखा श्रेष्ठले विद्यालय आइएस्एमा सहभागी भएर बायोग्राफी अफ नेशनल हिरो, कार्भ इमेज अन रक्स, जोय अफ जात्रालगायतका १० वटा परियोजनामा काम गरिरहेको र आफूहरु आइएस्एको यात्रामा गन्तव्य नजिक पुग्नलागेको बताइन । आइएस्एमा सहभागी भएर शिक्षण गर्दै गर्दा प्रविधिसँगको निकटता बढ्नाका साथै अन्तर्राष्ट्रियस्तरसम्म पहँुच बढेको अनुभव विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले बताए ।

    किताबी ज्ञानमा मात्र नभई जीवनोपयोगी सीपमूलक र व्यावहारिक ज्ञान दिने सन्दर्भमा विद्यालय सदैव सचेत रहेकाले शिक्षणमा नवीनतम विधिअपनाउँदै अगाडि बढिरहेको छ । विद्यालयले आइएसएका परियोजनामा मात्र नभई विद्यार्थीलाई विभिन्न सदनहरुमा विभाजन गरी समूहमा कार्यगर्ने र व्यावहारिक ज्ञान तथा सीपविकास गर्ने कुरामा जोड दिइरहेको छ ।

    विभिन्न जडीबुटीका बोटबिरुवा लगाउने मौसम अनुसारका तरकारी उत्पादन गर्ने क्रियाकलाप पनि विद्यालयले गराउँदै आइरहेको छ । साथै विद्यालयले विद्यार्थीमा बचत कसरी गरिन्छ, दुःखमा सहयोग कसरी गर्ने भन्ने जस्ता कुरा सिकाउन बचत समूह, रेडक्रस, स्काउट, बालक्लबलगायतका विविध क्लबहरु गठनगरी विद्यार्थीको चौतर्फी विकासमा टेवा पु¥याउँदै आएको छ । यी कार्यलाई विद्यालयले निरन्तरता दिँदै जाने विद्यालयले जनाएको छ । जसरी हरेक क्रियाकलापमा विद्यालयले सदैव सफलता प्राप्त गरिरहेको छ त्यसरी नै यो आइएस्एको यात्रामा पनि सफलता प्राप्त गरोस् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution