• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मासुु खाए ५० हजार जरिवाना, सूचना दिए १५ हजार इनाम दिने निर्णय (हेर्नुहोस पुरा)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ५, आईतबार (७ साल अघि)
    vaat

    Advertisement

    गोरखा, ५ जेठ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपंक्षी पाल्न कडा प्रतिबन्ध लगाएको छ । कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिवाना तिर्नुपर्नेछ ।

    ‘अब हाम्रो वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।

    उनका अनुसार जरिवाना बापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिने छ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ’, उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपंक्षी किनबेच हुँदै–हुँदैन । छिमेकी वडाले पनि यसको देखासिकी गरून् भनेर पत्राचार गरेका हौं । यो नियमको गाउँपालिकाभरि प्रशंसा भएको छ ।’

    चुमनुब्री–१ को सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ (पहिला सबै गाविस थिए) विगतदेखि काटमार निषेधित मानिन्छन् । तर, स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा हो ।

    पछिल्लो समय पर्यटकीय क्षेत्र भएकाले होटलमा बाहिरी गाउँका व्यवसायी आएर लुकिछिपी काटमार र मासुको व्यापार, व्यवसाय गर्न थालेपछि नियम बनाउनु परेको नाम्रुङका लाक्पाडुन्डुप लामाले बताए । ती गाउँमा एकाध इसाई बाहेक सबै बुद्ध धर्मावलम्बी बसोबास गर्छन् ।

    उक्त क्षेत्रलाई हिंसामुक्त बनाउन मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि सघाएको छ । आयोजनाले सात वटै वडामा चोरी सिकारी निरुत्साहित गर्ने कार्यक्रम गर्दै आएको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए । उनका अनुसार अहिंसा अभियानलाई राष्ट्रियस्तरमै प्रचारप्रसार गर्न सहयोग गर्ने कार्यक्रम छ । अन्नपूर्ण पोष्ट

    यस्तो रहेछ !, पाकिस्तानी दम्पतीको नेपालमा “लुट्ने” शैलि, सिसि टिभी “फुटेज” भिडियो हेर्नुहोस !
    काठमाडौं – चोरीको आरोपमा १ पाकिस्तानी दम्पती पक्राउ परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्गलबार दुईजना पाकिस्तानी नागरिकलाई पक्राउ गरेपछि चोरीको अर्को तरिकाको पर्दाफास भएको हो। चोरीको अभियोगमा महाशाखाको टोलीले पाकिस्तानी नागरिक मोहसिन खान र उनकी श्रीमती पूजा मोसिन खानलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चोरीको नयाँ तरिका पत्ता लागेको हो।

    यस्तो छ चोरीको पाकिस्तानी दम्पत्ती शैली
    वैशाख २९ गते साँझ करिब सात बजे। बा १९ च ७४ नम्बरको कार सूर्यविनायकमा रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आर.के. इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स सेन्टर अगाडि रोकियो।गाडीबाट एक दम्पत्ती बाहिर निस्किन्छन् र पसलका सञ्चालक श्रेष्ठलाई भेट्छन्। उनीहरूले आफू परिचय दिन्छन्। उनीहरू पाकिस्तानी नागरिक भएको खुल्छ। नाम मोहसिन खान र मोसिन खान। उनीहरुले आफू सामान किन्ने तर नेपाली पैसा नभएको बताउँछन्।

    उनीहरू सामान हेर्न थाल्छन्। विदेशी नागरिकले सामान हेर्न थालेपछि श्रेष्ठ पनि दंग पर्छन्। ती दम्पत्तीले नेपालको सबैभन्दा ठूलो नोट नदेखेको र हेर्न चाहेको बताउँछन्। विदेशी धेरै मूल्यको सामान लेलान् भन्ने लोभमा श्रेष्ठले एक लाखको बिटो देखाउँदै उनीहरुलाई दिन्छन्। नोटको बिटो एकछिन हेरेर छामछुम पारेपछि एकलाखको बिटो फिर्ता दिएर उनीहरु बहाना बनाएर सामान नकिनि निस्किन्छन्।

    उनीहरु बाहिरिएको केही समयपछि श्रेष्ठलाई शंका लाग्छ। त्यसपछि बल्ल उनी एकलाखको बिटो गन्न थाल्छन्। तबमात्र उनले थाहा पाउँछन्, एकलाखको बिटोबाट ३० हजार गायब। उनीहरुको कलाबारे महाशाखाका एसपी केदार ढकालले भने, ‘ पैसाको बिटोबाट केही रकम थाहा नै नपाइ चोरी गर्ने कला देखियो। उनीहरू चोर्ने उदेश्यले नै पैसाको बिटो माग्ने गरेको पाइयो।‘

    पाकिस्तानी दम्पत्तीले श्रेष्ठको मात्र हैन लोकन्थलीमा सन्तकृष्ण हेकाले सञ्चालन गरेको हेका किचेन स्टोर्सबाट ७० हजार रुपैयाँ चोरी गरेको खुलेको छ। खान दम्पतीले श्रेष्ठलाई झैँ नेपाली ठुलो नोट हेर्ने भन्दै झुक्काएर चोरी गरेको प्रहरीको दाबी छ। भाडामा लिएको गाडी लिएर उनीहरु उपत्यका बाहिरका जिल्लामा समेत चोरी गर्ने गरेको खुलेको छ।

    उनीहरूले उपत्यकामा मात्र होइन बुटवलमा शारदा वाग्लेले सञ्चालन गरेको राईजिङ स्पोर्टस् ग्यालरीबाट १ लाख ५० हजार रकम चोरी गरी लगेको प्रहरीको दाबी छ। ‘ विभिन्न भाडामा गाडि दिने कम्पनिसँग भाडामा लिएर चोरी गर्दै हिड्ने गरेको खुल्यो,‘ महाशाखाका एसएसपी सहकुल थापाले भने।

    प्रहरी अनुसन्धानमा खान दम्पती दुई छोराछोरी सहित एक महिना अगाडि पर्यटक भिसामा नेपाल आएका थिए। उनीहरुले केहीस्थानमा डकैती समेत गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी थापाले बताए।‘ धेरै रकमको कारोबार हुने पसलमा गएर विभिन्न बहानामा पसलको गल्ला हेर्ने र पैसा लिएर बाहिर तयारी अवस्थामा राखेको कार लिएर भाग्ने गरेको देखियो,‘ थापाले भने। उनीहरुले चोरी गरिएको रकम विदेश पठाए वा विलासितमा खर्च गरे भन्ने खुल्न बाँकी नै छ। भिडियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution