• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ५, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १ वडाले ल्यायो यस्तो नियम : मासु खाए ५० हजार जरिवाना, किनबेच समेत गर्न नपाउने !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ६, सोमबार (७ साल अघि)
    kase kukhura

    Advertisement

    तपाईं घरमा कुखुरा बाख्रा किन पाल्नुहुन्छ ? मासु खान वा बेचेर पैसा आर्जन गर्न । तर, गोरखाको चुमनुब्री गाउँपालिकाको एउटा वडाले भने पशुपंक्षी काटमार गरेमा वा मासु खाएमा ५० हजार जरिवाना गर्ने नियम बनाएको छ । त्यतिमात्रै होइन, कसैले पशुपंक्षी किनेमा पनि ५० हजार जरिवानाको कारबाही भोग्नुपर्छ ।

    यस्तो अचम्म लाग्दो समाचार हिजोको अन्नपूर्ण पोष्ट दैनिकमा छ । चुमनुब्री गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भनेका छन्- अब हाम्रो वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुन्छ ।

    वडाअध्यक्ष लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ उनका अनुसार जरिवानाबाट संकलन हुने रकम अहिंसा अभियानमा खर्च गरिने छ ।

    थप खबर हेर्नुहोसः

    सरकारलाई सघाएको भन्दै देउवाविरुद्ध उजुरी
    नयाँ पत्रिका दैनिकका अनुसार सरकारलाई सघाएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ । गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापतिविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

    समाचारमा कांग्रेसका शीर्ष तहदेखि तल्लो तहका नेताहरुसम्म परेका उजुरीहरुलाई समेटिएको छ । रामचन्द्र पौडेल, गोविन्दराज जोशी, त्रिवि उपकुलपति तीर्थ खनियाँलगायतविरुद्ध उजुरी परेको समाचारमा उल्लेख छ ।

    अनुशासन समितिका सभापति भिष्मराज आङदेम्बेले प्रमाण पुगे जुनसुकै स्तरका नेतामाथि पनि कारबाही हुने बताएका छन् ।

    अमेरिका-चीन व्यापारयुद्धले झस्कियो नेपाल
    कारोबार दैनिकले अमेरिका-चीन व्यापारयुद्धले नेपालमा परेको प्रभावलाई केलाउने प्रयास गरेको छ । संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका बाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ ।

    समाचारमा लेखिएअनुसार अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितिका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्नसक्ने प्रभाव आकलन गर्न आयोगले सदस्य डा. रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ ।

    विद्यार्थी पन्छाएर विद्याश्रममा डोजर
    कान्तिपुर दैनिकमा वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम)को जग्गामा काठमाडौं महानगरपालिकाले डोजर लगाएको समाचार छ ।

    समाचारमा लेखिएअनुसार पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाको मिलेमतोमा विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको हो । जग्गा कब्जामा परेको भन्दै विद्यालयले शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानमा उजुरी दिएको छ ।

    बागमती सौन्दर्य परियोजनाबाट एडीबी हट्ने
    नेपाल समाचारपत्र दैनिकका अनुसार वागमती नदी किनारको क्षेत्रलाई सुन्दर बनाउने अभियानबाट मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) हट्ने भएको छ । यससँगै सौन्दर्य अभियान पनि अलपत्र पर्ने समाचारमा उल्लेख छ ।

    ‘मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य बागमती ब्युटिफिकेसन परियोजना अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ,’ समाचारमा लेखिएको छ, ‘नारायणटार-गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड रुपैयाँको परियोजनाको समय अवधि अगावै एडीबी फर्किने भएको हो ।’

    पनिकाको लापरवाही : उत्तीर्णको मार्कसिटमा पटक-पटक तारा
    राजधानी दैनिकले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको लापरवाहीलाई उजागर गरेको छ । पास भएका विद्यार्थीको मार्कसिटमा पनि फेल भएकाको जस्तो तारा चिह्न राखेर परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको हो ।

    ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत पुनाराम शर्माले दोस्रो सेमेष्टर २०७५ सालमा उत्तीर्ण गरे । तर, उनको मार्कसिटमा दुईवटा तारा लागेर आयो । दुई वटा तारा लाग्नुको अर्थ हो, उनी दुई पटकसम्म फेल भए ।

    यसलाई सच्याउन फेरि विद्यार्थी बल्खु धाउनुपर्छ । धाएर मात्र पुग्दैन, कर्मचारीले गर्ने यस्ता गल्ती सच्याउन थप दस्तुर पनि विद्यार्थीले बुझाउनुपर्छ ।

    राजधानी दैनिक लेख्छ- परीक्षा नियन्त्रण कार्यालयका समस्या एक/दुई मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधि मैत्री बन्न सकेको छैन । केही महिनाअघि २४ घण्टाभित्र ट्रान्सकृप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन । सामान्य रेकर्ड हेर्न पनि वर्षौं पुराना ढड्डा पल्टाउनुपर्ने बाध्यता छ ।

    भारतले बाटो बनाउँदा नेपालमा क्षति, महाकाली नदी पनि थुनियो
    नागरिक दैनिकले भारतीय पक्षले निर्माण गरिरहेको सडकबाट नेपालको दार्चुलास्थित ब्याँस गाउँपालिकाको सडकमा क्षति पुगेको विषयलाई मुख्य समाचार बनाएको छ ।

    समाचारमा लेखिएअनुसार सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विष्फोटले ठूल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution