


कावासाेति । नवलपुर ड्राईभिङ ब्यबसायी संघका अध्यक्ष प्रबिन सापकोटाले लकडाउनका कारण दैनिक खाद्यान्नको अभाव भएका परिवारलाई आफ्नो तर्फबाट सहयोग गरेका छन् ।

प्रबिनको पुरानो ड्राईभिङ सेन्टरको संचालक समेत रहेका सापकोटाले कावासोती नगरपालिका मार्फत् शनिवार व्यक्तीगतरुपमा १२ हजार रुपैया सहयोग प्रदान गरेका हुन् । उनले १० घर परिबारलाई पुग्ने गरि सहयोग गरेको बताए । शनिवार दिउँसो नगरपालिका कार्यालय पुगेर उनले उपमेयर प्रेमशंकर मर्दनीयालाइ सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।“लकडाउनका कारण कतिपय विपन्न र दैनिक ज्यालामजदुरी गर्ने परिवारको घरमा चुल्हो वल्न सकेको छैन , मानबिय नाताले मैले आफुले सकेको सहयोग गरेको गरेको हुँ । ” सापकोटाले भने ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१