कोरोना संक्रमणबाट इटलीमा एक सय चिकित्सकको मृत्यु


एजेन्सी
रोम । कोरोना भाइरसको महामारीको चपेटामा परेको इटालीमा एक सय जना चिकित्सकको संक्रमणबाट मृत्यु भएको छ । गत फेब्रुअरीदेखि यही बिहीबारसम्म एक सय चिकित्सकको मृत्यु भएको हो । इटालीको सरकारले महामारीको बेला सेवा आह्वान गर्दै सेवा निवृत्त भएका चिकित्सकलाई समेत गत महिना बोलाएको थियो । त्यस्ता चिकित्सकको पनि मृत्यु भएको छ । इटालीका मिडियाका अनुसार ३० जना नर्सको समेत मृत्यु भएको छ । साथै अन्य स्वास्थ्यकर्मीको पनि संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि चिकित्सकहरुलाई कुनै रक्षात्मक उपकरण विना नै काममा पठाउनाले उनीहरुको मृत्यु भएको बताइएको छ । इटालीमा १ लाख ३९ हजार भन्दा धेरै संक्रमित हुनुका साथै १७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

 

annapurnapost.comबाट 

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution