• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    काठमाडौंबाट ६ दिन हिँडेरै नवलपुर, रोल्पा पुग्न अझै ५ दिन !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख ५, शुक्रबार (६ साल अघि)
    8

    Advertisement

    दीपक भट्टराई

    कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायण खण्ड सवारी चाप हुने क्षेत्रमा पर्दछ । लकडाउनका कारण यो सडक अहिले सुनसानजस्तै छ । सुरक्षा निकाय का सवारी केही खाद्यान्न बोक्ने र केही औषधि बोक्ने सवारीबाहेक अन्य ठप्प छन् । तर यही राजमार्गमा लकडाउनका कारण आफ्नो रोजगारी गुमाएका हजारौं मजदुर तातो घाम अनि तातेको राजमार्गमा पैताला घिसार्दै घर फर्कनु परेको छ । न खानको ठेगान छ न सुत्नेको, भोकभोकै झण्डै दैनिक हजारौ को संख्यामा हिंड्ने पैदल यात्रुको आआफ्नै गुनासा छन् । काठमाडौंबाट ५ दिन अघि २८ जनाको समूहसहित घर हिंडेका रोल्पा होलेरीका धनबहादुर मगर छैटौं दिन नवलपुरको देबचुली १५ प्रगतिनगर आइपुग्दा थकित देखिन्थे ।

    केही महिनाअघि घर निर्माणको काम गर्न काठमाडौं पुगेका उनी लकडाउनसँगै रोजगारी गुम्यो अनि घर फर्कन बाध्य भए । उनीसँगै २८ जनाको समूह काठमाडौंबाट आइतबार बिहान पैदल हिंंडेको बताए ।

    काम गर्ने ठेकेदारले पैसा पनि दिएन घर जाउ भने चिउरा र चाउचाउ पानी खाँदै यहाँसम्म आइपुगियो, स्थानीयको सहयोगमा खाना खान बसेका मगरले भने, छ दिनपछि बल्ल आज भात खान पाइयो ।

    नारायणी टोल सुधार समिति र स्थानीयको सहयोगमा अलपत्र पैदल यात्रुलाई खाना, खाजा र पानी को ब्यवस्था गरेको समिति सचिव रमेश खनालले बताए । उनले राजमार्गमा हिंड्ने मजदुर भोकै नहुन् भनेर खानाको ब्यवस्था मिलाएको बताए ।

    रोल्पा पुग्न अझै ५ दिन लाग्ला बरू हामीलाई रोल्पा घरसम्म पुरर्याइ दिए हुन्थो, मगरले गुनासो गरे ।

    उनीमात्रै होइनन्, अहिले राजमार्गमा भारी बोकेर घर फर्कने मजदुरको लर्को नै देख्न सकिन्छ । हेडौटाबाट कन्चनपुर पैदल हिंडेका मदन चौधरीको पनि गुनासो उस्तै छ ।

    सडकको जाली बुन्ने काममा परिवारसहित पेटी ठेकेदारमार्फत हैटौडा पुगेका उनको पनि लकडाउसँगै रोजगारी गुम्यो । नत काम गरेको पैसा पाए, न काम नै, खान गार्‍हो हुन थालेपछि परिवारसहित घर फर्कन लागेको बताए ।

    बरु गाउँमै गए बाँचिन्छ कि भनेर फर्केको, उनले भने । श्रीमती र एक बच्चासहित चाउचाउ र पानीको भरमा हिंडेको उनले बताए । प्रहरीलाई खाली ट्रक रोकेर पठाउन आग्रह गरे पनि हिंडेर जा किन आको भनेर गाली गर्ने गरेको समेत उनले गुनासो पोखे ।

    महेन्द्रनगर लालपुरकै कृष्ण चौधरीले पनि काम गर्ने ठाउँमा ठेकेदारले पैसा नदिएर घर खाली हात फर्काएको गुनासो गरे । पैसा पनि छैन बाटोमा स्थानीयले दिएको खाना, खाजा र पानी खाँदै ५८ घन्टा हिडेर यहाँसम्म आइपुगेको सुनाए ।

    कामकै सिलसिलामा काभ्रेबाट दाङको घोराही पुगेका सूर्यबहादुर लामाको पनि रोजगारी गुमेपछि काभ्रे फर्कैका छन् । ३ दिनअघि दाङबाट काभ्रे फर्कँदै गरेका लामा कावासोतीमा भेटिए । उनको पनि गुनासो तेस्तै थियो ।

    छ महिनाअघि सडक बनाउने जेसीभी मेसिन चलाउने काम गर्दै आएका उनको पनि लकडाउनसँगै रोजगारी गुमेको छ । साहुले अब काम छैन घर जाउ । मैले खुवाएर पाल्न सक्दिन भनेपछि आफूसँगै १० जना घर फर्केको उनले सुनाएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution