वर्षा राउतको लकडाउनमा फेरिएको लुक्स


लकडाउनका कारण नायिका वर्षा राउत अहिले घरमै छिन् । हुनत अहिले लक डाउनका कारण विश्वभरका आधा जनसंख्या घर भित्रै छन् । घरमा रहेका कलाकारहरुले खानाका परिकार बनाएका भिडियो, तस्वीरदेखि चलचित्र हेर्दै गरेका भिडियो पनि सेयर गरिरहेका छन् । कतिपय कलाकारले जनचेतनाका लागि भिडियो पनि बनाइरहेका छन् । यतिबेला नायिका वर्षा राउत भने घरमै बसेर आफ्नै घरेलु काममा व्यस्त छिन् । कहिले खाना बनाउँदै गरेकी यी सुन्दरी कहिले व्यायाम गर्दै गरेको तस्वीर पोष्ट गरिरहेकी छिन ।

हालै मात्र उनले कपालको स्टाइल परिवर्तन गरेको तस्वीर पोष्ट गरेकी छिन । हुनत, केही बलिउड कलाकारले पनि खाना बनाउँदा र घरको काम गर्दा थाकेर कपालको रंग परिवर्तन गरेको भन्दै तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । वर्षाले पनि आफूलाई नयाँ लुक्समा देखाउन खोजेकी छिन ।(अनलाईनखबरबाट)

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टिकटकमा भाईरल “पिरती नलाम मयाँ मन पोल्छ ” गीत सार्वजनिक
  • वर्षा चाहन्छिन् -“समुन्द्री तटमा डेट गर्न”
  • बलिउड अभिनेता इरफान खानको निधन
  • Arjun Sapkota : Nepali Folk singer
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution