• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पशुपालनलाई प्रोत्साहन गर्न बुलिङटारले दियो कृषकलाई पाडी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ ११, आईतबार (६ साल अघि)
    Buffalo

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र अन्तर्गत पर्ने बुलिङटार गाउँपालिकाले व्यावसायिक पशुपालनका लागि कृषकलाई सहयोग गरेको छ ।
    गाउँपालिकाले कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । पशुपालन र कृषिको सम्भावना बोकेको क्षेत्र भएकाले कृषकलाई यसतर्फ आकर्षित गर्न पाडी सहयोग गरिएको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताउनुभयो ।
    गाउँपालिकाले २० पशुपालक कृषकलाई पाडी सहयोग गर्न लागेको उहाँले बताउनुभयो । “यहाँ पशुपालनको सम्भावना धेरै छ, यसैले व्यावसायिक पशुपालनलाई जोड दिन भैँसीको पाडी प्रदान गर्ने योजना बनाएका हौँ”, गाउँपालिका अध्यक्ष बस्ताकोटीले भन्नुभयो, “केहीलाई पाडी प्रदान गरिसकेका छौँ, बाँकी क्रमशः प्रदान गर्नेछौँ ।”
    गाउँपालिकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । कृषि र पशुपालन गर्न चाहानेका लागि आफूहरुको सहयोग रहने अध्यक्ष बस्ताकोटीले बताउनुभयो ।

    चालू आर्थिक वर्षमा पाडी सहयोग गर्ने योजनाका लागि रु २० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । “यस वर्ष रु २० लाख विनियोजन गरेका छौँ, एक जनालाई रु एक लाख बराबरको पाँच वटा पाडी प्रदान गर्नेछौँ”, अध्यक्ष बस्ताकोटीले भन्नुभयो, “आगामी वर्षहरुमा समेत यसलाई निरन्तरता दिनेछौँ ।”
    अध्यक्ष बस्ताकोटीका अनुसार पशुपालन गर्ने कृषकले गोठ भने आफैँ निर्माण गर्नुपर्ने छ । व्यवस्थित गोठ निर्माण गरी व्यावसायिकरूपमा पशुपालन गर्न चाहनेलाई गाउँपालिकाले पाडी सहयोग गर्नेछ ।

    गोठ निर्माणका लागि भने यहाँ रहेको बुलिङटार बहुउद्देश्यीय सहकारी संस्थाले ऋण सहयोग उपलब्ध गराएको छ । युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको रकमबाट गोठ निर्माणका लागि ऋण सहयोग उपलब्ध गराएको हो । आफूसँग लगानी गर्न रकम नहुनेलाई आवश्यकताअनुसार रु दुई लाखसम्म सहकारीले सहयोग प्रदान गरेको छ ।
    पहाडी क्षेत्र भएकाले अन्य आयस्रोत र रोजगारीको सम्भावना कम भएको तर कृषिका लागि खेतीयोग्य भूमि तथा सिँचाइको सुविधा रहेको, पशुपालनका लागि समेत सम्भावनाको क्षेत्र भएकाले यसलाई प्रोत्साहन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले बताउनुभयो ।

     

    आगामी आर्थिक वर्षको योजनामा समेत उत्पादनलाई जोड दिँदै स्वरोजगारमुखी क्षेत्रमा लगानी बढाइने उहाँले बताउनुभयो ।बुलिङटार गाउँपालिकाको वडा नं १, ३ र ४ का २० पशुपालन गर्न चाहने कृषकलाई पाडी सहयोग गर्न लागिएको हो । हालसम्म १३ कृषकको नाम छनोट गरिएको र तीन जनालाई पाडी खरिद गरी प्रदान गरिएको देवकाली गाई भैँसीपालक कृषक समूहका संरक्षक कोषराज पौडेलले बताउनुभयो । समूहमार्फत कृषक छनोट र खरिद र वितरण गर्ने काम गरिएको छ । उहाँका अनुसार अन्य कृषकको नाम छनोट गर्ने क्रम चलिरहेको छ । बन्दाबन्दीका कारण पाडी प्रदान गर्न ढिलो भएको र चाँडै पाडी खरिद गरी बाँकी रहेका कृषकलाई प्रदान गरिने उहाँले बताउनुभयो ।
    पाडी खरिदका लागि भने देवचुलीमा रहेका पशुपालन फार्मसँग मौखिक सम्झौता भएको उहाँले बताउनुभयो । विशेष गरेर युवालाई लक्षित गरी पाडी प्रदान गरिने संरक्षक पौडेलले बताउनुभयो । “एउटा युवालाई पाँच पाडी दिँदा केही वर्षमा स्वरोजगार बन्छ, यसले युवा जनशक्ति विदेश पलायन हुनलाई रोक्छ”, समूहका संरक्षक पौडेलले भन्नुभयो । हाल पहाडी क्षेत्रमा उत्पादन हुने वस्तुले सहजरूपमा बजार पाउन सकिरहेका छैनन् ।

     

    यातायातको समस्याले गर्दा व्यावसायिकरूपमा कृषि तथा पशुपालन हुन सकिरहेको छैन । तर, निकट भविष्यमै कालीगण्डकी करिडोर निर्माणको काम सम्पन्न हुने र ठूला बजारसँगको दूरी घट्ने भएकाले यो योजना अगाडि बढाइएको समूहका संरक्षक पौडेलले बताउनुभयो । “केही वर्षमा कालीगण्डकी करिडोर निर्माण सम्पन्न हुन्छ, त्यसपछि यहाँ उत्पादन भएको दूध सहजरूपमा बजारसम्म पु¥याउन सकिन्छ, यसैले अहिलेदेखि नै यो योजना शुरु गरिएको हो”, पौडेलले भन्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution