• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    धन्यवाद कावासोती सरकार : पक्कि पर्खाल लगायौ, क्षती रोक्यौ ( भिडियो सहित)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ २८, बुधबार (५ साल अघि)
    103670163_576921509900817_1632683836797203603_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती ।‘दिनहु जसो जंगलबाट गैंडा ,बदेल आएर मकै , तरकारी सबै खाने गर्दथ्यो अहिले जोगिएको छ , हामिलाई खुसी लागेको छ’ कावासोती नगरपालिका – १२ का स्थानिय बहादुर थनेतले भन्नुभयो– धान खेतमा गैंडा आएर खाने ,आहाल खेल्ने गर्दथ्यो अहिले सबै जोगिएको छ ।
    कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रमा जोडिएका वडाहरुमा पक्कि पर्खाल सहितको मेस जाली निर्माण गरेपछी वन्यजन्तुले पुर्याउदै आएको क्षती रोकिदा यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट दिनहु जसो आउने वन्यजन्तुले बालीनाली खाई दिने , मानिसलाई समेत हान्ने गर्दा समस्यामा रहेको यसक्षेत्रका बासिन्दा पक्कि पर्खाल सहितको मेस जाली निर्माण भएपछी खुसी भएका हुन ।
    ‘धान,मकै, तोरी, तरकारी जे लगाएपनी वन्यजन्तुले खाईदिन्थ्यो , पर्खाल लगाउनाले जोगिएको छ’ स्थानिय बहादुर थनेतले थप्नुभयो–हिडडुल गर्नेलाई समेत डरै डर हुने गर्दथ्यो अहिले आनन्द छ । नगरपालिकालाई धन्यवाद छ , सरकार भनेको पनि हाम्रो यहि हो , यो सरकारलाई धन्यवाद छ ।
    अर्का स्थानिय अमर सिंह थनेतलाई पनि नगरपालिकाले पर्खाल लगाएपछी आफुहरु सूरक्षित भएको लागेको छ । निकुञ्जबाट आउने गैंडाले मानिसलाई समेत हान्ने क्षती गर्ने गरेकोमा अहिले रोकिएकोमा आफुहरुलाई खुसी लागेको उहाँले बताउनुभयो ।
    ‘पर्खाल नबनाउदा सबै खाई दिन्थ्यो, मान्छेलाई हान्थ्यो,अहिले रोकिएको छ हामिलाई खुसी लागेको छ ’ अमर सिंहले भन्नुभयो ।
    कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रसंग जोडिएको सात वटा वडाहरुमा पक्कि पर्खाल सहितको मेस जाली लगाउने कामलाई प्राथमिकता दिदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै सातवटा वडामा रु. ५ करोड ५० लाख विनियोजन गरि आठ हजार तिन सय मिटर क्षेत्रमा पर्खाल लगाउने काम गरिरहेको छ । अहिले केही वडाको काम सम्मपन्न भईसकेको छ । गएको आर्थिक वर्षमा समेत दुई वटा वडामा रु. १५ लाख विनियोजन गरि पक्कि पर्खाल सहितको मेसजाली निर्माण गरेको थियो ।
    कावासोती नगरपालिका अन्र्तगत मध्यवर्ती क्षेत्र संग जोडिएको १९ किलोमिटर क्षेत्रमा क्रमश पक्कि पर्खाल सहितको मेस जाली निर्माण गरिने कावासोती नगरपालका उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले बताउनुभयो । यस क्षेत्रमा डिभिजन वन कार्यालय मार्फत समेत केही क्षेत्रमा पक्कि पर्खाल सहितको मेस जाली निर्माण गरिएको छ । हाल निर्माण कार्य जारी रहेको काम सम्मपन्न भएमा करिब १० किलोमिटर क्षेत्रमा पक्कि वाल सहितको मेस जाली निर्माणको काम सम्पन्न हुने छ । बाँकी रहने करिब ९ किलोमिटर क्षेत्रमा समेत क्रमश निर्माणको काम हुने उप प्रमुख मर्दनियाले बताउनुभयो ।
    ‘पर्खाल सहितको मेस जाली लगाएपछी यस क्षेत्रका बासिन्दाले पर्खाल सम्मनै अन्नबाली लगाउन पाएकाछन्, हिजो बाघ, गैडा ,अन्य वन्य जन्तु आएर मानविय क्षती, बालीनालीमा क्षती पुर्याउने गर्थ्यो अहिले त्यो रोकिएको छ’ उप प्रमुख मर्दनियाले भन्नुभयो–सो क्षेत्रका बासिन्दालाई वन्यजन्तुले गर्ने क्षतिबाट धेरै राहात मिलेको छ ।
    वन क्षेत्र संगै जोडिएको वडा मध्यको एक कावासोती –११, का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीका अनुसार अघिल्ला वर्षमा वन्यजन्तुले क्षति पुर्याउने डरले बाँझो रहने जमिनमा अहिले किसानले खेती गर्न सुरु गरेका छन् । ‘पर्खाल लगाउनु भन्दा अगाडी वन्यजन्तु आएर अन्नबाली खाईदिने, खेती लगायो कहिल्लै पुरा भित्राउन पाएका थिएनन् ,अहिले राम्रो भएको छ’ वडा अध्यक्ष अधिकारीले भन्नुभयो –हिडडुल गर्न समेत समस्या भएकोमा अहिले सहज भएको छ ।
    यस अघि वन्यजन्तुलाई वस्ति प्रवेश गर्नबाट रोक्न काडेतार सहित विद्युत अर्थिङ लगाईएकोमा त्यसलाई समेत नाघेर ,चुडाएर वन्यजन्तु वस्तिमा आउनथाले पछी पक्कि पर्खाल सहितको मेसजाली निर्माण गरिएको हो ।

    गुणस्तरहिन कामको निकाशा रोक ,फेरी बनाउनुपर्ने
    कावासोती नगरपालिका वडा नम्बर –१३, मा चालु आर्थिक वर्षमा निर्माण गरिएको पक्कि पर्खालको गुणस्तर कमसल पाईएपछी भत्काएर फेरी निर्माण गरिने भएको छ । झण्डै ४ सय मिटर क्षेत्रमा निर्माण गरिएको पर्खालको गुणस्तर कमशल पाएपछी पुन निर्माण गर्न भनिएको कावासोती नगरपालिका उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले बताउनुभयो । सो क्षेत्रमा भएको कामको निकासा रोकिएको र पुन निर्माण नभए सम्म भुक्तानी नहुने उहाँले बताउनुभयो ।
    चालु आर्थिक वर्षमा सात वटा वडामा सबैमा समान काम गर्ने गरि ८ हजार तीनसय मिटर पक्कि पर्खाल सहितको मेसजाली निर्माण कार्य गरिएको छ । केही वडाको काम बन्दाबन्दीले प्रभाव पार्दा सम्पन्न हुन सकेको छैन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution