• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘एक्सन’मा नवलपुर प्रहरी : पक्राउ पर्न थाले चोरी गर्ने ट्याक्टर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ भाद्र २७, शनिबार (५ साल अघि)
    IMG_0007

    Advertisement

    कावासोती । अवैद्य रुपमा चोरी निकासी गरिरहेका १० वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । गत बिहिबार र शुक्रबार दुई दिनमा १० वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । कावासोती नगरपाकिलाको केरुङ्गे खोलाबाट अवैद्य रुपमा चोरी निकासी गर्दै गर्दा शुक्रबार लु ४ त २४४० , प्र. २ ०३००१ त १२७६ , लु ३ त ८५७१,लु ३ त ९७८६ र लु ४ त ७६९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खाँणले बताउनुभयो ।
    यस्तै बिहिबार ना ५ त ४२०२ , लु ३ त ८७९२ , ना ४ त ५१२६ , ना २ त ४२४५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको खाँणले बताउनुभयो । नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारवाहिका लागि प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ । जिल्लाका खोलाहरुबाट दिनहुँजसो अवैद्य निकासी भएको स्थानीयबाट गुनासो आउने गरेपनि प्रहरी प्रशासनले आवश्यक कारवाहि गर्न नखोजेको स्थानीयको आरोप छ । यहाँकै केहि जनप्रतिनिधी नै खोलाको अवैद्य निकासीमा संलग्न भएको आरोप स्थानीयको छ । एक हप्ता अघि कावासोती नगरपालिका वडा नम्बर एकमा अवैद्य निकासी गर्दागर्दै पाँच वटा ट्याक्टर प्रहरीले समातेको थियो । तर, वडा नम्बर एकका वडा अध्यक्ष नारायण पन्तको रोहबरमा ती ट्याक्टरलाई प्रहरी कार्यालयमा ल्याउन नदिई घटना ढाकछोप गर्न खोजेको नाम नबताउने शर्तमा एक जना स्थानीयले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक खाँणका अनुसार ट्याक्टरलाई कारवाहि गर्नका लागि वडा अध्यक्षसंग यस विषयमा कुरा गर्दा आनाकानी गर्दै आएको बताउनुभयो । जिल्ला समन्वय समिति, प्रहरी कार्यालय र नगरपालिकाले निरन्तर ताकेता गरेपछि बिहिबार मात्रै अवैद्य सामाग्री जफत गरि जरिवाना गरेर ट्याक्टर छाडिएको हो । यहाँका केहिनाम चलेका ठेकेदार र जनप्रतिनिधीहरु नै अवैद्य चोरीमा संलग्न हुँदा नियन्त्रण हुन नसकेको स्थानीय बताउछन् ।
    अहिले कोरोना संक्रमणका कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको मौका छोपेर जिल्लाका खोलाहरुबाट रातारात र दिनदहाडै ढुङगा , गिट्टी वालुवा चोरी निकासी हुँदै आएको छ । खोलामा भइरहेको अवैद्य निकासीलाई रोक्न समय समयमा अनुगमन गर्ने , चोरी निकासी रोक्न स्थानीयलाई समन्वय गरि निगरानी गर्न परिचालन गर्ने काम गर्दागर्दै पनि रोक्न नसकिएको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । राजश्वको प्रमुख श्रोतका रुपमा रहेका खोलानालाको दोहन रोक्नै पर्ने नभए, राजश्व घाटा लाग्ने , जथाभावि खोला दोहन गर्दा धार परिवर्तन गरि बस्तिमा पसेर नोक्सान पु¥याउने हुँदा नगरपालिकाले नियन्त्रणका लागि पहल गरिरहेको पुनको भनाई छ । विभिन्न विकास निर्माणका बाहानामा चोरी निकासी गर्नेक्रम बढेकाले त्यसलाई नियन्ण गर्न नगरपालिकाले निगरानी बढाएको नगर प्रमुख पुनले बताउनुभयो ।
    अहिले खोलामा ठेक्का नलागेको अवस्थामा पनि नवलपुरको विनयी , अरुणखोला , गिरुवारी खोला , पथ्थरे खोला , केरुङ्गे लगायतका खोलाहरुमा दिनहुँजसो अवैद्य निकासी भईरहेको छ । अवैद्य निकासी गर्ने सवारीलाई नियन्त्रणमा लिने र जरीवाना मात्रै तिराएर छाड्ने गर्दा निकासी नरोकिएको यहाँका स्थानीयको आरोप छ । कतिपय अवस्थामा प्रहरी प्रशासन कै मिलेमतोमा समेत निकासी हुने गरेको स्थानीयले आरोप लगाउदै आएका छन् ।अवैद्य निकासी गर्ने सवारी र संलग्नलाई कडा खालको सजाय नहुँदासम्म अवैद्य निकासी नरोकिने भएकाले जरीवाना मात्रै तिराएर छाड्ने काम अन्त्य गर्नुपर्ने यहाँका सरोकारवालाहरुको माग समेत रहेको छ । अहिले एउटा ट्याक्टरलाई १५ हजार जरिवाना तिराएर छाड्ने गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution