कावासोती । पूर्बि नवलपरासीको कावासोतीमा रहेको लक्ष्मीनारायण मन्दिर तथा बृद्धाआश्रममा शनिबार जन्मदिनको अवसरमा न्यानो कपडा तथा खाद्यान्न सहयोग भएको छ ।
कावासोती ८ निवासी लक्ष्मण सुबेदीले जन्मदिनको अवसरमा न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेका हुन् । बृद्धाआश्रममा रहेका ७ बृद्धा र ६ बालबालिकालाई लगाउने न्यानो कपडा सहित खाद्यान्न सहयोग गरेका हुन् ।
सुबेदीले आफ्नो ३१ औं जन्मदिनको अवसरमा करिब १५ हजार बराबरको सहयोग बृद्धाआश्रममा गरेका हुन् । जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै आउदो दिनहरुमा समेत सामाजिक क्षेत्रमा सहयोग गर्ने सुबेदीले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१