नवलपुरको बुुलिङटारमा सुख्खा पहिरो खस्दा ७ जना मजदुर पुरिए


गैँडाकोट । कालिगण्डकी करिडोरमा काम गर्नेक्रममा माथिबाट खसेको ढिस्को सहितको सुख्खा पहिरोले ७ जना मजदुर पुरिएका छन् । करिडोरको बुलिङटार गाउँपालिका वडानम्बर ३ को खसुवा भन्ने ठाउँमा उनीहरु पुरिएका हुन् ।
भित्तातर्फ बलियो गराउन ग्याभिन भरिरहेका मजदुरलाई माथिबाट खसेको ढिस्कोले ग्याभिन भरिरहेको अवस्थामा   पुरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर विशाल तामाङले जानकारी दिनुभयो ।  प्रहरीका अनुसार ७ जना पुरिएकोहरु मध्ये २ जनालाई उद्दार गरी भरतपुरतर्फ ल्याइदैछ । वाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका अन्य ५ जनाको  अवस्था अहिलेसम्म अज्ञात नै छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • कोरोनासगँको जम्काभेट !
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution