• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका अर्याल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका मुख्य प्रतिष्पर्धी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार (५ साल अघि)
    inbound1127304569762920572

    Advertisement

    कावासाेेेति । नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय महाधिवेशनका लागि चुनावी प्रचारप्रसार तीब्र बनेको छ ।

    १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरुलाई मात्रै समेट्ने गरेको जेसीजमा एक वर्ष मात्रै कार्य समितिमा रहन पाउने प्रावधान छ ।

    युवाहरुको ब्यक्तित्व र नेतृत्व विकासमा जोड दिँदै आएको जेसीजको यहि पुसमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा नवलपरासीपूर्व कावासोतीका युवा ब्यवसायी कृष्णप्रसाद अर्याल राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा मुख्य प्रतिष्पर्धी रहनु भएको छ ।

    आफू सक्षम भएर मात्रै समाजलाई योगदान दिन सकिने विश्वास दिलाउने जेसीजमा अर्याल झण्डै एक दशकदेखि आवद्ध रहँदै आउनु भएको छ ।

    खासगरी आफ्नो ब्यवसाय गर्दै गरेका अधिकांश युवाहरु जेसीजमा आवद्ध हुने गरेका छन् । नेतृत्व विकाससँगै ब्यवसायिक विकासमा पनि टेवा पुग्ने भएकाले युवाहरु जेसीजमा आकर्षित हुने गरेका छन् । आफ्नो ब्यवसायलाई स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय स्तरमासमेत प्रवद्र्धन गर्न जेसीजले पुलको काम गर्ने युवाहरुको विश्वास छ ।

    आफू वर्ष २०२१ को कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएपछि युवाहरुको नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने अर्यालले बताउनुभयो । पछिल्लो समय कोरोना संक्रमणका कारण ब्यवसायहरु नै धरापमा परेकाले युवाहरुलाई उद्यमशील बनाउन आफूले प्रयत्न गर्ने अर्यालको भनाइ छ ।

    जेसीजले ब्यवसायीक, अन्तर्राष्ट्रिय, सामाजिक तथा ब्यक्तित्व विकासमा टेवा पुर्याउँदै आएको छ । जेसीज यात्राको शुरुवातदेखि नै राष्ट्रिय स्तरको कन्फ्रेन्सहरुमा सक्रिय अर्याल जापानमा भएको एशिया प्यासेफिक कन्फ्रेन्समा समेत भाग लिइ युवा नेतृत्व विकासमा सक्षम रहेको नवलपुर जेसीजका अध्यक्ष नारायणप्रसाद न्यौपानेले बताउनुभयो ।

    नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवार दिनु भएका नवलपरासीपूर्व कावासोतीका अर्याल युवामाझ निकै लोकप्रिय हुनुहुन्छ ।

    यसअघि नेपाल जेसीजको शाखा, जिल्ला, हुँदै राष्ट्रिय समितिकोसमेत उहाँले अनुभव सँगाल्नु भएको छ । नेपाल जेसीजको वर्ष २०१७ को नवलपुर जेसीजका शाखा अध्यक्ष रहनु भएका अर्याल वर्ष २०१९ मा राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

    नेपाल जेसीजको वर्ष २०२१ का लागि कार्यकारिणी उपाध्यक्षमा अर्यालसहित १७ जनाले उम्मेदवारी दिनु भएको छ ।

    आगामी पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन हुदैछ । महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुनेछ ।

    एक हजार सात सय जना मतदाता रहेको जेसीज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरु, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहने आयोजकले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution