अरुणखोलामा मनिट्रान्सर चोरी गर्ने बाबुछोरा सहित तिन जना पक्राउ


चोरमारा । मध्यविन्दु–१० अरुणखोलामा रहेको विन्देश्वर इन्टरप्राईजेजबाट नगद सहित ल्यापटप र कम्पुटर चोरी गर्ने तिन जनालाई प्रहरीले आज पक्राउ गरेकोछ । मंसिर २७ गते विन्देश्वर इन्टरप्राईजेजबाट नगद नौं लाख ३२ हजार दुई सय ५७ रुपैया सहित ल्यापटप दुई थान र सामसुङ कम्पनीको मनिटर एक थान चोरी भएको थियो ।
चोरीमा संलग्न कावासोती नगरपालिका ३ का ४० वर्षीय भरत बि.क., उनको छोरा १९ सिमन सुनार र मध्यविन्दु नगरपालिका १० का २६ वर्षीय पदम सिंह सारुलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी मोहन बहादुर खाँणले बताउनुभयो । उनिहरुको साथबाट चोरी भएको नगद र जिन्सी सामान बरामद गरिएको उहाँले जानकारी दिनुभयो । उनिहरुले इन्टरप्राईजेजबाट नगद र जिन्सि गरी कुल दश लाख ६७ हजार दुई सय ५७ रुपैया बराबरको धनमाल चोरी गरेका थिए ।
पक्राउ परेका उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अगाडी बढाइएको डिएसपी खाँणले बताउनुभयो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कावासोतीमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु
  • २५ वर्षपछि नेपाल गण्डक नहरको बृहत सरसफाई
  • कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ
  • भ्रष्टचार नियन्त्रणका लागि नागरिक सचेत हुनुपर्छ : प्रजिअ पंगेनी
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution