कावासोती । नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर)ले नमुना सन्देश साप्ताहिकका सम्पादक दयाराम आचार्यलाई क्रियाशिल पत्रकारीता पुरस्कारबाट सम्मानित गर्ने भएको छ । नेपाल पत्रकार महासंघ नवलपुरको प्रथम साधारण सभाबाट सम्पादक आचार्यलाई क्रियाशिल पत्रकारीता पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।
सम्पादक आचार्य सहित नवलपुरका तीन जना पत्रकारलाई क्रियाशिल पत्रकारीता पुरस्कारबाट पुरस्कृत गर्न लागेको महासंघ जिल्ला अध्यक्ष होमराज रानाभाटले बताए । भोलि पुस १८ गते हुने प्रथम साधारण सभाबाट सम्पादक आचार्य सहित पत्रकारहरु रामकुमार श्रेष्ठ र धनु भुषाललाई पुरस्कृत गर्न लागेको हो ।
यस्तै महासंघको प्रथम साधारण सभाबाट पाँच जना पुराना पत्रकारलाई समेत सम्मान गर्न लागिएको छ । पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुराना पत्रकारहरु होमराज रानाभाट,नारायण शर्मा,होमनाथ जैसी ,लालकुमार भट्टराई,र भुपेन्द्र शर्मा भट्टराईलाई सम्मान गर्न लागिएको महासंघले जनाएको छ ।
महासंघले नवलपरासी शाखाका संस्थापक सहसचिब बिष्णुदेबी पाण्डे र संस्थापक सल्लाहाकार गोबिन्दराज बिनोदीलाई समेत सम्मान गर्ने निर्णय गरेको छ । महासंघको प्रथम साधारण सभा भोलि पुस १८ गते बिहान ८ बजे देखि कावासोतीमा हुदै छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१