सम्पादक आचार्य सहित ११ जना पत्रकारलाई सम्मान


कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरले कावासोतीबाट प्रकाशित हुने नमुना सन्देश साप्ताहिकका सम्पादक दयाराम आचार्य सहित जिल्लाका ११ जना पत्रकारहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । शनिवार महासंघको प्रथम साधारण सभामा पत्रकारहरुलाई सम्मान गरेको हो ।
नमुना सन्देश साप्ताहिकका सम्पादक दयाराम आचर्य सहित , राम कुमार श्रेष्ठ र धनु भुसाललाई कृयाशिल पत्रकारीता पुरस्कार मार्फत नगद पांच हजार रुपौया सहित सम्मान गरेको हो ।

त्यस्तै २० बर्ष भन्दा बढी पत्रकारिता गरेका नारायण शर्मा , होमराज रानाभाट , लाल कुमार भट्टराई , होमनाथ जैसी साथै महासंघका संस्थापक अध्यक्ष भुपेन्द्र भट्टराई, संस्थापक सहसचिव बिष्णु पाण्डे , गोबिन्द बिनोदीलाई प्रमाणपत्र सहित दोसल्ला ओढाइ सम्मान गरेको छ । महासंघले शनिवार नै स्व.कृष्ण लाल पराजुली स्मृति पुरस्कार बाट नवीन पौडेललाई सम्मान गरेको पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले जानकारी दिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कावासोतीमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु
  • २५ वर्षपछि नेपाल गण्डक नहरको बृहत सरसफाई
  • कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ
  • भ्रष्टचार नियन्त्रणका लागि नागरिक सचेत हुनुपर्छ : प्रजिअ पंगेनी
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution