• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कोभिड – १९ का कारण प्रभावित बन्यो राष्ट्रिय सेवा दलको तालिम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ १८, आईतबार (५ साल अघि)
    inbound3374275439469195563

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । नेपाली सेनाको राष्ट्रिय सेवा दलले सिनियर र जुनियर डिभिजन गरी युवाहरुको लागि सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल (एनसिसी तालिम) कोभिड – १९ का कारण प्रभावित बनेको छ ।
    माध्यामिक तहको कक्षा ८, ९ र १० मा अध्यायनरत १४ वर्ष उमेर पुरा भएका विद्यार्थीहरुलाई जुनियर डिभिजन र उच्च माध्यामिक तहका १६ वर्ष उमेर पुरा भएका विद्यार्थीहरुलाई सिनियर डिभिजनको तालिम प्रतेक वर्ष प्रदान गर्दै आएकोमा यस वर्ष कोभिड – १९ का कारण प्रभावित बन्यो । कोभिड – १९ का कारण विद्यालय पूर्ण रुपमा संञ्चालन हुन नसक्दा एनसिसी तालिम सञ्चालन हुन नसकेको हो ।
    नवलपरासी पूर्व (नवलपुरको) कावासोती स्थित राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरमा यो समयमा देशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुले तालिम लिईरहेका हुन्थे तर , यस वर्ष शिक्षालय सुनसान बनेको छ । तालिम संचालन गर्नको लागि देशको ७७ वटै जिल्लाहरुबाट विद्यालयहरु छनौट गरिएतापनि कोभिड – १९ का कारण विद्यालयहरु पूर्ण रुपमा संचालन नभएकोले तालिम संचालन हुन नसकेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जानकारी दिएको छ ।
    सेवा दलको तालिम जम्मा एक सय दिनको हुन्छ । जसमध्ये ७९ दिन विद्यालयमा संस्थागत तहको तालिम सञ्चालन गरिन्छ भने, २१ दिनको वार्षिक क्याम्प हुन्छ ।
    अभिभावक, सम्बन्धित विद्यालय, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय लगायतको समन्वयमा तालिमका लागि सहभागि छनोट गरिने गरिन्छ । १८ जना छात्र र १८ जना छात्रा सामेल गरेर एक पाल्टुन बन्छ । उनिहरुलाई विद्यालयमा नै संस्थागत तहको तालिम सञ्चालन गरिन्छ भने, वार्षिक क्याम्पको लागि राष्ट्रिय सेवा दलको वार्षिक सामुहिक क्याम्पमा सहभागि गराईन्छ । जहाँ विभिन्न जिल्लाका विद्यालयका सहभागिहरुको सहभागिता रहन्छ ।
    राष्ट्रिय सेवा दलले प्रतेक वर्ष देशभरका ७ हजार ७ सय क्याडेट छात्र÷छात्राहरुलाई तालिम प्रदान गरी दीक्षित गराउदै आईरहेको छ । मध्य क्षेत्रमा नवलपुरको कावासोतीमा , पश्चिम क्षेत्रमा बाँके कोहलपुरमा , मध्य पूर्वको महोत्तरी बर्दिवासमा र पूर्वमा मोरङ्गको यानसीलामा राष्ट्रिय सेवा दलको शिक्षालय रहेको छ । यी चार ठाउँमा प्रतेक वर्ष (एनसिसी) तालिम सञ्चालन हुँदै आएको छ । कावासोतीमा गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको चितवन जिल्लाका छात्रछात्राहरुले तालिम लिदै आएका छन् ।
    तालिममा सहभागि विद्यार्थीहरुलाई शारीरिक तालिम, सैनिक ज्ञान, विपद् व्यवस्थापन, व्यक्तित्व बिकास साथै सास्कृतिक प्रतियोगिता र विविध सैनिक ज्ञान सम्बन्धी प्रतियोगिताहरुमा सहभागि गराइदै आएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जानकारी दिएको छ ।
    राष्ट्रिय सेवा दलको तालिम संञ्चालन हुन नसक्दा किशोर किशोरी तथा युवाहरुमा अनुशासित, बफादार र नेतृत्व दिन सक्ने देशभक्त स्वयंसेवक जनशक्तिको निर्माण गरी नेपाल जस्तो प्राकृतिक विपद्को जोखिममा रहेको राष्ट्रलाई अमुल्य सहयोग मिल्न सक्ने स्वयंसेवक युवादस्ता उत्पादन गर्ने नेपाल सरकारको नीति अनुरुपको उद्देश्य हासिल गर्ने काममा बाधा पुगेको छ । भने , राष्ट्रिय सेवा दलको सुदृढीकरण गरी स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समाज निर्माणको अभियान संचालन गर्ने नेपाल सरकारको नीति अनुरुपको उद्देश्य हासिल गर्न कठिनाई हुने देखिएको निर्देशनालयले जनाएको छ । यस्तै राष्ट्रिय सेवा दलबाट विभिन्न सात मित्रराष्ट्रहरुसंग युवा आदान प्रदान कार्यक्रम ९थ्भ्ए० संचालन हुंदै आएको र सो बाट सैनिक कुटनीतिमा केही हदसम्म टेवा पु¥याउंदै आइरहेकोमा यस वर्ष कोभिड –१९ कारण ९थ्भ्ए० संचालन नहुने भएकोले सैनिक कुटनीतिमा प्रभाव पर्ने निर्देशनालयले जनाएको छ ।
    युवा शक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ र निष्ठावान बनाई दक्ष नागरिक बनाउने उद्देश्यले बि.सं. २०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution