कावासोतीका घिमिरे छ किलो गाँजा सहित गिरफ्तार


तिर्थराज डुम्रे
कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुली नगरपालिका–१० स्थित धौलागिरी मार्गबाट मंगलबार (आज) प्रहरीले ६ किलो प्रतिबन्धित लागुऔषध गाँजा सहित एक जनालाई गिरफ्तार गरेको छ ।
अस्थाई प्रहरी पोष्ट दलदलेको टोलिले चेकजाँचको क्रममा लु ४२ प ६०३६ नम्बरको मोटरसाईकलमा सवार कावासोती नगरपालिका–१५ का ३५ वर्षीय प्रकाश घिमिरेलाई बोरा भित्र लुकाएर ल्याउदै गरेको ६ किलो प्रतिबन्धित लागुऔषध गाँजा सहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताउनु भयो ।
प्रारम्भीक अनुसन्धानमा घिमिरेले कावासोती–१५ सहित कोल्हुवा आसपासमा क्षेत्रमा गाँजा ओसारपोसार गरेको देखिएको उहाँले बताउनुभयो । घिमिरेलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी मल्लले बताउनुभयो ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दुम्किबासबाट लागुऔषध सहित पोखराका निरज पक्राउ
  • कावासोती नगरपालिकाको आठौँ नगरसभा सम्पन्न
  • जिल्ला युवा समिति नवलपुरको अध्यक्षमा हिमाल सिंह ठकुरी
  • मैनाघाट जोड्ने पक्की पुल निर्माण हुदै
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution