गंगा विश्वकर्मा , चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका–७ चोरमारा बजार क्षेत्रमा पेट्रोल पम्प नहुँदा यस क्षेत्रका उपभोक्ताहरुलाई समस्या भएको छ ।
नगरपालिकाको मुख्य बजार चोरमारा क्षेत्रमा पेट्रोल पम्प नहुदा यस क्षेत्रका स्थानीयहरु पेट्रोल भर्नकै लागि कावासोति, डण्डा, अरुणखोला जान बाध्य छन् । पेट्रोलियम पर्दाथ बिक्री गर्ने चोरमाराको भागरामा भागरा इन्टरन्टरप्राइजेज सञ्चालनमा रहेको छ । तर, त्यहावाट डिजेल मात्र बितरण हुन्छ ।
पेट्रोल पम्प नभएकै कारण दैनिक रुपमा डण्डा पुग्न बाध्य भएको चोरमाराका अटो चालक प्रेम वहादुर गाहाले बताउनुभयो । उहा जस्तै चोरमारा बजारका अटो सञ्चालकहरु दैनिक रुपमा डण्डा, अरुणखोला र कावासोति पुग्न बाध्य छन् । जसको कारण पेट्रोल भर्न आवतजावत गर्दा दैनिकजसो एक लिटर पेट्रोल अतिरिक्त खर्च हुने गरेको उहाँले बताउनुभयो । “डण्डा पुग्नका लागि पनि जंगल कट्नुपर्छ, अरुणखोला जादा पनि जंगल नै कट्नुपर्छ । अहिले त अझ राजमार्ग बिस्तारको कामले सडक खाडल पर्दा थप हैरानी छ ।” उहाँले भन्नुभयो ।
मध्यविन्दु नगरपालिकाको अरुणखोलामा पेट्रोल पम्प भएपनि नगरपालिकाको मुख्य चोरमारा बजारमा पम्प नहुदाँ व्यवसायि देखि स्थानीयले सास्ती खेप्नु परेको मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार प्रसाद पराजुलिले बताउनुभयो । व्यवसायिहरुले पेट्रोल पम्प स्थापनाको लागि इच्छा देखाएपनि सरकारी मापदण्ड अनुसारको जग्गा चोरमारा र भागराको राजमार्ग क्षेत्रमा उपलब्ध हुन नसक्दा थप समस्या भएको उहाँले बताउनुभयो ।
पेट्रोल पम्प नहुँदा चोरमारा बजारका स्थानीय व्यवसायिले खुद्रा रुपमा बोत्तलमा भरेर बिक्रि गर्दै आएका छन् । सोमबार प्रतिलिटर पेट्रोलको मुल्य एक सय १४ रुपैया छ । तर चोरमारा बजारमा खुद्रा रुपमा प्रतिलिटर एक सय २५ रुपैया देखि एक सय ३० रुपैया सम्ममा बिक्री हुने गरेको छ । त्यसरी खुल्ला रुपमा बिक्री हुने पेट्रोलको गुणस्तरियता, नापतौलको मापदण्ड पुरा हुदैन् । खुद्रा व्यापारको लागि बजार क्षेत्रमा भण्डारण गरिएको पेट्रोलको कारण जोखीमसमेत हुने गरेको छ ।
नगरपालिकाको केन्द्र र शहरीकरणको चरणमा रहेको चोरमारा बजारमा पेट्रोल पम्प अत्यावश्यक भएको स्थानीय उपभोक्ताहरुको भनाई छ । चोरमारामा पेट्रोल पम्प स्थापना भएपछि चोरमारा बजारसंगै मध्यविन्दु नगरपालिका–४, ५, ६, ७, ८, ९, १३ र १५ नम्बरको वडाको प्रसौनी क्षेत्र सहित हुप्सेकोट गाउँपालिकाका स्थानीयले समेत सेवा प्राप्त गर्न सक्छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१