सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते


चितवन । चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । भरतपुर महानगरपालिका–२६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना ४२ प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर–२६ कै ४० वर्षीय दीपेन्द्र चौधरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकल पछाडि सवार भरतपुर–२५ का २२ वर्षीय अमित महतो दुर्घटनामा घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै आज दिउँसो २ः५५ बजे रत्ननगर नगरपालिका–२ बेल्सिपुल नजिक भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । ना ३५प ६५०२ नम्बरको स्कुटरले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा२ख ४५२२ नम्बरको बसमा ठोक्किन पुगेको थियो । सो क्रममा स्कुटर र मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution