• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

३

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

४

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

५

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

६

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

७

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

८

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

९

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१०

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

११

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

१२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एमाले अध्यक्ष ओली विद्युतीय बस चढेर लुम्बिनी   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (४ साल अघि)
    inbound2034272710524783831

    Advertisement

    रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न आज लुम्बिनीमा विशेष तयारी गरिएको थियो । पार्टीको लुम्बिनी नगर कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न लुम्बिनी पुग्नुभएका ओलीलाई स्वागतका लागि एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलगायतका स्थानीय नेताहरु हातमा खादा र माला बोकेर ओलीको प्रतीक्षामा थिए । ठूलो सङ्ख्यामा स्थानीय नागरिकहरु सडकमै लाम लागेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको प्रतीक्षा गरिरहेका थिए ।

    जब ओली सार्वजनिक विद्युतीय बसबाट ओर्लिनुभयो, त्यहाँको माहोल नै परिवर्तन भयो । प्रहरीको स्कटिङमा कार्यक्रमस्थलमा पुगेका साना र विलासी कारबाट ओली उत्रिने आशङ्कामा आयोजक र स्थानीयवासी त्यतै सोझिएका थिए तर अध्यक्ष ओली बसबाट उत्रिएको देखेपछि स्थानीयवासी छक्क परे । पार्टीका नेता र स्थानीयवासीले माला, खादा र ताली बजाएर अध्यक्ष ओलीको स्वागत गरे । “यति ठूला मान्छे भएर पनि बसमा आउनुभएको रहेछ”, छक्क पर्दै स्थानीय हजरत अलीले भन्नुभयो ।

    एमालेका अध्यक्ष ओली तिलोत्तमाको मणिग्रामबाट सार्वजनिक विद्युतीय बस चढेर भैरहवा हुँदै लुम्बिनी पुग्नुभएको थियो । लुम्बिनी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदूषणमुक्त बनाउन यस्ता बस सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । “आफ्नै विद्युत्ले मोबाइल चार्ज गरेजस्तै गरेर चलाउन मिल्ने यो बस स्वास्थ्यका दृष्टिले पनि ठीक छ, यसअघि मैले काठमाडौँमा सुरुआत गरेको थिएँ, अहिले यहाँ सुरु भयो”, उहाँले भन्नुभयो ।

    गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई स्वर्गको नन्दनजस्तै बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । “बुद्धजन्मस्थलमा मुस्किलले उडेर आए काग बस्ने मात्रै भयो । खाली सिसौका रुखमात्रै भए यसलाई हटाएर मगमग फूलको बास्ना आउने बनाउनुपर्छ । यसका लागि हामी लागि परेका छौँ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष ओलीले विकासका सबै अभिभारा पूरा गर्नका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउन कार्यकर्तालाई आग्रह गर्नुभयो । “जनता न्यायाधीश हो । तपाईँ नै निर्णायक हो । तपार्इँहरु नै भगवान् हो, तपार्इँहरुले अब निर्णय दिनुस् हामी गर्न तयार छौँ”, ओलीले भन्नुभयो ।

    सुन्दर यातायात प्रालि, बुटवलले सञ्चालनमा ल्याएको विद्युतीय सार्वजनिक बसको उद्घाटन गरी ओली त्यही बस चढेर लुम्बिनी पुग्नुभएको थियो । कार्यक्रमपछि ओली पुनः विद्युतीय बसबाट भैरहवा विमानस्थल पुग्नुभएको सुन्दर यातायात प्रालिका सञ्चालक डिआर घिमिरेले बताउनुभयो ।

    ओलीसँगै एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्य लीला गिरी, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सैनामैनाका प्रमुख चित्रबहादुर केसी, बुटवलका उपप्रमुख गुमादेवी आचार्यलगायतका अन्य नेताहरु पनि ओलीसँगै गाडी चढेर लुम्बिनी पुग्नुभएको थियो ।

    प्रालिका सञ्चालक घिमिरेले नेपालमै पहिलो विद्युतीय सार्वजनिक बस यस क्षेत्रमा भित्र्याइएको बताउनुभयो । तत्कालका लागि दुई वटा बस सञ्चालनमा ल्याए पनि विस्तारै सबै रुटमा सञ्चालन गर्ने गरी बस थप्दै जाने उहाँको भनाइ छ ।  (रासस )

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए


  • Advertisement

    समाचार
  • १

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • २

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ३

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ४

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ५

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ६

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ७

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ८

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ९

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • १०

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution