
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ। गैंडाकोट १८ को वडा अध्यक्ष पदमा पुन नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितीरे विजयी हुनुभएको छ ।
यहाँ नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । महिला सदस्यमा पुन टेकमाया सोती, दलित महिला सदस्यमा तारामाया विश्वकर्मा, खुल्ला सदस्यमा कर्णबहादुर माकिम मगर र चमबहादुर सुनारी विजयी हुनुभएको छ विजयी भएको औपचारिक घोषणा हुन बाँकी रहेको छ । यहाँबाट वडा अध्यक्षमा नेकपा एमालेको समर्थनमा मंगोल नेशनल अर्गनाईजेसनबाट चुमान सिंह चितीरे मगर प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१