चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।वर्षाका कारण आज बिहान करिब ५ः५० बजेको समयमा केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो ।
सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ । त्यहि कारण पानी पर्ने बित्तिकै मौरी पुलमा लेदोसहितको पहिरो खस्ने गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१